मुख्य समाचार
ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने मानव तस्करीका नाइके भनिएका हस्त गौतम रहस्यमय तरिकाले कारागारबाट फरार
ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने मानव तस्करीका नाइके भनिएका हस्त गौतम रहस्यमय तरिकाले कारागारबाट फरार

। ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने मानव तस्करीका नाइके भनिएका हस्त गौतम रहस्यमय तरिकाले कारागारबाट फरार भएका छन् ।

मानव बेचिबिखन तथा ओसोरपसार मुद्दामा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका गौतम २४ भदौको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए ।




ह्विल चियरमार्फत हिँडडुल गर्ने गौतम कारागारबाट फरार हुँदा नै प्रहरीहरू अचम्मित बनेका छन् । त्यसमाथि तीन महिना बित्दासमेत उनको सुईंकोसम्म प्रहरीले पाउन सकेको छैन ।

मानव तस्करी जस्तो गम्भीर मुद्दाको चार्ज लागेका व्यक्ति, त्यसमाथि ह्विल चियरमार्फत मात्रै हिँडडुल गर्नसक्ने कसरी फरार भए भन्नेसम्म प्रहरीले खुट्याउन सकेको छैन ।




कारागारबाट भाग्ने क्रममा उनलाई कसले सहयोग गर्‍यो, कसरी बाहिर निस्के भन्ने पनि खुल्न सकेको छैन । जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारका धेरैजसो कैदीबन्दी फरार हुँदा उनी पनि फरार भएका थिए ।

त्यसयता खोजी जारी राखे पनि उनी फेला पर्न सकेका छैनन् । ‘गौतमलाई ठूलो अनुन्धानपछि पक्राउ गर्न प्रहरी सफल भएको थियो । जेनजी आन्दोलनको मौकामा फरार भएका उनको खोजी जारी रहे पनि भेट्न सकिएको छैन,’ मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले भने ।

सुरुमा उनी भागेर भारत पुगेको आशंका गरिए पनि प्रहरीले त्यसबारे यथेष्ट प्रमाण जुटाउन सकेको छैन । पूर्वी रुकुमको सिस्ने गाउँपालिका–३ मा जन्मिएका ५४ वर्षीय गौतम नेपाली मुलका अमेरिकी नागरिक हुन् । अमेरिकी नागरिक भएका हिसाबले उनी जुनसुकै बेला पनि अमेरिका जान सक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । जसका कारण उनी तेस्रो मुलुकमार्फत अमेरिका पुगिसकेको हुनसक्ने आशंका पनि गरिन्छ ।

अवैध तरिकाले अमेरिका पुगेकाहरूलाई अमेरिकी सरकारले धमाधम डिपोर्ट गर्दा यसरी अवैध तरिकाले अमेरिका पठाउने नाइके गौतम भने रहस्यमय तरिकाले गायब भएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति चुनिएपछि हालसम्म ४४० नेपाली नागरिक डिपोर्ट भइसकेका छन् ।

अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरू धमाधम हत्कडी लगाएर स्वदेश फिर्ता भइरहँदा ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका एक जना नाइके भने बेपत्ता छन् ।

२१ फागुन २०८१ मा गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो मुद्दामा उनी कारागार चलान भएका थिए ।

गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको चौथो मुद्दा दायर भएको थियो । प्रहरीका अनुसार तल्लो बाटो (डंकी रुट)बाट अमेरिका पठाउने सुरुवातकर्ता नै गौतम हुन् । उनले विशेष गरी रुकुम, रोल्पा, दाङका मानिसबाट करोड हाराहारीको रकम बुझेर डंकी रुट हुँदै अमेरिका पु‍¥याउने गरेको आरोप छ । उनले सन् २००५ देखि नै लाखौं रकम असुलेर अवैध बाटोबाट अमेरिका पठाउने गरेको प्रहरीको भनाइ छ ।

गौतम कुनै समय पारा ओलम्पिक कमिटीका महासचिव थिए । सन् १९९४ मा नेपाल पारा ओलम्पिक कमिटीमा महासचिव रहेका बेला उनी अमेरिका गएका थिए । अमेरिकाबाट फर्केको ९ वर्षपछि सन् २००५ मा उनी सिंगापुर पुगेका थिए ।

सिंगापुरबाट ल्याटिन अमेरिकन देशहरू हुँदै मेक्सिकोबाट उनी अमेरिका छिरेको ब्युरोका अधिकारीहरू बताउँछन् । अमेरिका छिरेपछि शरणार्थी आवेदन दिएर उनी अमेरिकन नागरिकसमेत बनेका थिए । उनको अमेरिकन पासपोर्ट नम्बर ५३०६४७१६६ हो ।

अमेरिकी नागरिक भएपछि उनले माओवादी द्वन्द्वको मुख्य प्रभाव रहेका रुकुम, रोल्पा र दाङका नागरिकलाई डंकी रुटबाट अमेरिका छिराउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले आज महत्त्वपूर्ण उपलब्धिको रुपमा आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरे । ‘धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धि भएको छ । ...
। जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि ...
कोशी प्राइड प्रालिको आयोजनामा तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ
सुदन गुरुङले सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक
। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’ बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ । हाल चितवन–पर्सा कम्प्लेक्स र बर्दिया र बाँके राष्ट्रिय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम