मुख्य समाचार
नेता ईश्वर पोखरेलले आफू पक्षीय नेता कार्यकर्ताको भेला
नेता ईश्वर पोखरेलले आफू पक्षीय नेता कार्यकर्ताको भेला

। नेकपा एमालेको अध्यक्षमा पराजित भएका नेता ईश्वर पोखरेलले शनिबार दिउँसो आफू पक्षीय नेता कार्यकर्ताको भेला गरे । काठमाडौं आयोजित भेलामा विशेषगरी महाधिवेशनमा आफ्नो प्यानलबाट बनेका उम्मेवदारसहितका नेताहरू थिए ।

महाधिवेशन सकिएसँगै देशभरका प्रतिनिधिहरू जिल्ला जिल्लामा फर्कने तयारीमा छन् । उनीहरूलाई शनिबार सम्बोधन गर्दै पोखरेलले


आफू पक्षीय भेला बोलाएर जिल्ला र प्रदेशस्तरमा विभिन्न फोरमहरू आयोजना गर्न भनेका छन् । पोरखेलले त्यस्ता फोरमहरूमा आफूलाई पनि बोलाउन र सकेसम्म उपस्थित समेत हुने बताएका छन् ।

‘अब हामीहरूले जिल्ला, प्रदेशस्तरमा विभिन्न फोरम आयोजना गर्नुपर्छ । त्यो छलफलमा हामी पनि उपस्थित हुन्छौं, तपाईंहरूले सम्झनुस्,’ भेलामा सहभागी नेताहरूलाई पोखरेलले भनेका छन् ।


महाधिवेशनमा जे मुद्दा लिएर अघि बढिएको हो त्यसबाट दायाँबायाँ नहुने उनले बताएका छन् ।

‘महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनका कतिपय कुराहरू समीक्षाका विषय छन् । तर, महाधिवेशन सम्पन्न भए पनि जुन मुद्दा लिएर हामीले लडाईं कायम गराएका थियौं, ती मुद्दाहरू कायम छन् । ती मुद्दाहरू मर्दैनन्,’ पोखरेलले भनेका छन्, ‘ती मुद्दालाई लिएर हामी हिंडिरहनेछौं । ती मुद्दाले सफलता प्राप्त नगरेसम्म हाम्रो अभियान जारी रहनेछ ।’

आजको भेला आयोजना गर्नु नै महाधिवेशनपछि कस्तो रणनीति तय गर्ने, तलका कमिटीहरूमा कसरी फोरम बनाउने लगायतका विषयमा प्रष्ट बनाएर पठाउनु रहेको पोखरेलले भने ।

‘हामी अब कसरी अघि बढ्नुपर्छ भन्ने जिज्ञासा जुन छ, त्यसलाई आज मेटाऔं भनेर यो भेला आयोजना गरेको हो,’ उनले भने ।

यसलाई पार्टी विभाजनको बाटोमा हिंडेको अर्थमा नलिग्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

यो पनि पढ्नुहोस
ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं
‘यो विभाजनको कुरा होइन । तर, यो सही विचारका लागि समर्पण पनि मञ्जुरी छैन । हामी विभाजनको विपक्षमा छौं, तर समर्पण स्वीकार्य छैन,’ पोखरेलले स्पष्ट भनेका छन्, ‘हाम्रा मुद्दालाई मर्न नदिन, अघि बढाउन र सफलताको शिखर चुम्नका लागि म कमरेडहरूलाई अघि बढ्न आग्रह गर्न चाहन्छु ।’

उनले केही कुरामा डराउनुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे । ‘डराउनुपर्ने दुईवटा कुरा देखिन्छन् । ‘म भइँन भनेँ पार्टी हुँदैन, के भनेको यो ? म भइनँ भने पार्टीलाई कसले चलाउँछ ? यो कति डरलाग्दो कुरा हो ?,’ पोखरेलले भनेका छन्, ‘झट्ट हेर्दा यो सामान्य सुनिन्छ, तर यो डरलाग्दो चिज हो । यो डरलाग्दो चिजबाट पार्टीलाई कसरी बचाउने ? हो आजको चुनौती यही हो ।’

पार्टीभित्र विचार एउटा तर व्यवहार अर्कै हुन खोजेकोमा उनले आफ्नो चिन्ता रहेको सहभागीलाई सुनाए । पार्टीलाई भीडमा नभइ शक्तिमा रुपान्तरण गर्न चाहेको समेत उनको भनाइ छ ।

‘हामी के देख्दैछौं भने नेकपा एमाले व्यवस्थित विचार भएको पार्टी हो । तर, विचार एउटा व्यवहार अर्कै भयो भने के हुन्छ ? विसंगतिहरू प्रकट हुन थाल्छन् । विचार एउटा, व्यवहार अर्कै अर्कै हुन खोजिरहेको छ । यो चिज हुन हुँदैन भनेर हामी रोक्न चाहन्छौं । पार्टी भीडमा होएन शक्तिमा रुपान्तरण गर्न चाहन्छौं,’ पोखरेलले भेलामा भने ।

आफूले कहिल्यै गल्ती नगर्ने र आफूमाथि प्रश्न उठाउने सही होइनन् भन्ने भाष्य पार्टीमा स्थापित हुन नहुने पोखरेलको भनाइ छ ।

‘मान्छेबाट कहिलेकाहीँ कमी कमजोरी हुन्छन् । ती कमीकमजोरीलाई स्वीकार गर्नुपर्ने हाम्रो शैली हो । तर, ती कमजोरी भयो भने पनि मैले कहिल्यै कमजोरी गर्दिनँ, म कहिल्यै गल्ती गर्दिनँ, म गल्ती गर्नेवाला होइन, मैले गल्ती गर्‍यो भनेर भन्यौ भने तिमीहरू मुर्ख हौ भन्ने हिसाबले हिंडियो भने के हुन्छ ? त्यो दुर्भाग्य हुन्छ । हो त्यही दुर्भाग्य आज हामी भोग्न बाध्य छौं,’ पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम