मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतलाई सर्कुलर
नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतलाई सर्कुलर

। नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतलाई सर्कुलर गरेको छ ।

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न जेनजी युवा अनिवार्य सिफारिस गर्नुपर्ने मापदण्ड बनाएको छ ।

सर्कुलरमा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा पाँच जनालाई प्रत्यक्षतर्फ सिफारिस गर्न भनिएको छ ।

‘सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने,’ प्रत्यक्षतर्फको मापदण्डमाबारे सर्कुलरमा लेखिएको छ, ‘सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।’

नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्दा कम्तिमा दुई महिलाको नाम पठाउनुपर्ने मापदण्ड बनाएको छ ।

‘एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तिमा दुई महिलासहित चार जना सिफारिस गर्ने,’ सर्कुलरमा भनिएको छ, ‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।’

सर्कुलरमा सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिहरूले दुई महिला र दुई पुरूषका दरले चार–चार जना सिफारिस गर्नुपर्ने उल्लेख छ ।

‘संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेशी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने,’ समानुपातिक उम्मेदवार सिफारिसबारे भनिएको छ, ‘शहीद परिवार, वेपत्ता परिवार, द्वन्द्व-पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।’

नेपाली कम्युनिष्ट पार्टीको सर्कुलर

उम्मेदवारको योग्यता र मापदण्ड

आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनु पर्नेछ ।

आधारभूत कानुनी योग्यता

प्रतिनिधिसभा उम्मेदवारका लागि २५ वर्ष र राष्ट्रियसभाको उम्मेदवारका लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।

मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने ।

संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने ।

राष्ट्रियसभा, प्रदेश सभा, स्थानीय तहका पदमा बहालवाला हुन नहुने ।

ख. आर्थिक स्वच्छता र पारदर्शिता

अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने ।

कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने ।

कुनै पनि प्रकारको कालो सूचीमा नरहेको हुनुपर्ने ।

सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने ।

कुनै कारोबारमा संलग्न भए कर÷राजस्वमा अद्यावधिक भएको हुनुपर्ने ।

निर्वाचन आयोगले तोके अनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने ।

पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने ।

सामाजिक आचरण र व्यवहार

सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने ।

जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभाव सम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने ।

घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने ।

राजनीतिक तथा वैचारिक प्रतिबद्धता

राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवद्ध हुनुपर्ने ।

पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने ।

आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने ।

सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने ।

जनतामा लोकप्रिय हुनुपर्ने ।

२) उम्मेदवारको सिफारिस

क) उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ

विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने ।

नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने ।

सार्वजनिक संवाद कला हुनुपर्ने ।

राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने ।

विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने ।

३) सिफारिस गर्ने संख्या

प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको सिफारिस निम्नानुसारको संख्यामा गर्नुपर्ने छ ।

क) प्रत्यक्षतर्फ

हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने ।

सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने ।

सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।

ख) समानुपातिकतर्पm

एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।

सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

उपत्यका विशेष प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने ।

शहीद परिवार, वेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने ।

एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।

ग) राष्ट्रिय सभातर्पm

राष्ट्रियसभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने ।

राष्ट्रियसभाका लागि प्रदेशले यस पटक निर्वाचन हुने प्रत्येक क्लष्टरबाट बढीमा ५–५ जना सिफारिस गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम