मुख्य समाचार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने

— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ ।

शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो ।

नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । यहाँ मृत्यु हुनेको संख्या ६४३ पुगेको छ भने १८३ जना अझै बेपत्ता छन्।

आईएमएफका उप–प्रबन्ध निर्देशक केन्जी ओकामुराले जारी गरेको वक्तव्यमा भनिएको छ,

“यस विपत्तिले तत्काल मानवीय सहायता र पुनर्निर्माणको ठूलो आवश्यकता सिर्जना गरेको छ, जसकारण सरकारो आर्थिक दबाब र भुक्तानी सन्तुलनसम्बन्धी समस्या गहिरिएको छ । यसको सम्बोधनका लागि आईएमएफको आरएफआई (र्‍यापिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट) अन्तर्गत आर्थिक सहयोग प्रदान गरिएको छ ।

उनले थपे, 'सबै आपत्कालीन खर्च सार्वजनिक वित्त व्यवस्थापन ऐनअनुसार कार्यान्वयन गरिनेछ र पारदर्शिता तथा उत्तरदायित्वका मापदण्डअनुसार सुदृढ अनुगमन गरिनेछ । यसलाई समर्थन गर्ने नियमित सार्वजनिक प्रतिवेदन ल्याइनेछ ।'

ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको भन्दै श्रीलङ्काली सरकारको प्रशंसा गरेका छन् । उनले आईएमएफ श्रीलङ्काली जनतासँग रहेको र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन गर्ने बताएका छन् ।


त्यसैगरी, श्रीलंका संसदले देशभर चक्रवातबाट प्रभावित नागरिकहरूको जीविकोपार्जन पुनःस्थापना गर्न १.६४ अर्ब अमेरिकी डलर बराबरको पूरक बजेट स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम