मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु
मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु

— मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल सोल्मामा शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो ।



दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत सोल्मामा सडकभन्दा करिब एक सय ५० मिटर तल खस्दा खड्का घाइते भएका थिए । बेहोस अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएका खड्कालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रशान्त मिश्रले बताएका छन् । उनका अनुसार मोटरसाइकल चालक आचार्यले मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको र बेलुकी ६ बजे आफैं प्रहरीसमक्ष आएर दुर्घटनाबारे जानकारी गराएका थिए ।

दुर्घटनाको जानकारी आउनासाथ खोजी गर्दा मोटरसाइकल रूखमा अल्झिरहेको र त्यसभन्दा तल खड्का बेहोस अवस्थामा फेला परेको मिश्रले सुनाएका छन् । ‘चालक मादक पदार्थ सेवन गरेको अवस्था भएकाले कतिखेर दुर्घटना भयो भन्ने एकीन भएको छैन,’ मिश्रले भने, ‘बेलुकी ६ बजे आफैं आएर जानकारी गराएपछि खोज्ने क्रममा सोल्मा भन्ने ठाउँमा एक सय ५० मिटर तल मोटरसाइकल पछाडि सवार बेहोस् अवस्थामा फेला परेको र मोटरसाइकल रूखमा अल्झिएको अवस्थामा फेला परेको हो ।’

खड्काको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । चालक आचार्यलाई मेडिकल गरी नियन्त्रणमा लिएको मिश्रले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएको असुरक्षा, फरार कैदीको अवस्था र हातहतियार लुटिएका जस्ता घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको भूमिकामाथि कडा प्रश्न गरेका ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जनताको चाहनालाई साकार पार्न आफूहरू इमान्दारिताका साथ अगाडि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सहसंयोजक नेपालले आफूहरूलाई एक पटक मौका दिनुपर्ने बताए। उनले भने,ʻहामी जनताको चाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ। ...
— प्रहरीले वीरगन्जबाट लागुऔषध खैरो हेरोइन तस्करीमा संलग्न एक भारतीयसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । दिउँसो २ बजेतिर वीरगन्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो वीरगन्जको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई शरीर तलासी गर्दा वीरगन्ज महानगरपालिका–१९ विन्दवासिनीका ३० वर्षीय शम्भू राउत कम्करको साथबाट लागुऔषध खैरो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम