मुख्य समाचार
ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय
ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय

: नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले यस्तो निर्णय गरेको हो।

भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रीकरण लगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको एमाले उपमहासचिव योगेश भट्टराईले जानकारी दिए।


पार्टीका विभिन्न तहमा आफ्ना विचारहरूलाई छलफलमा लैजाने उनले बताए। उनले पार्टीको मतपरिणामका कारण विचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे।


प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए। त्यस्तै उनले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएको असुरक्षा, फरार कैदीको अवस्था र हातहतियार लुटिएका जस्ता घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको भूमिकामाथि कडा प्रश्न गरेका ...
— मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल सोल्मामा शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो । दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत सोल्मामा ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जनताको चाहनालाई साकार पार्न आफूहरू इमान्दारिताका साथ अगाडि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सहसंयोजक नेपालले आफूहरूलाई एक पटक मौका दिनुपर्ने बताए। उनले भने,ʻहामी जनताको चाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम