मुख्य समाचार
सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो ।



साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको थियो ।

अदालतले महान्यायाधिवक्ता कार्यालयमार्फत निर्णयसम्बन्धी सक्कल कागजात पेस गर्नसमेत निर्देशन दिएको छ ।

सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता अमर थापासहितका कानुन व्यवसायीहरूले बहस प्रस्तुत गरेका थिए । रिट निवेदकका तर्फबाट अधिवक्ता रोहित ओझा, अधिवक्ता सुदिप भण्डारी, आयुष बडाल, आभास रेग्मीलगायतले आफ्ना तर्कहरू अदालतसमक्ष राखेका थिए ।

सरकार र जेन-जीबीच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताविरुद्ध अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा र कानुनका विद्यार्थीहरू आयुष बडाल र स्मृति अधिकारी लगायतले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको रिटमा उल्लेख गरिएको छ ।

सम्झौतामा उल्लेख भएको संघीय र प्रदेश सरकारका प्रमुख अधिकतम दुई कार्यकाल मात्र पदमा रहन पाउने लगायतका प्रावधान संविधानसँग बाझिएको दाबी पनि रिटमा गरिएको छ। रिटमा सम्झौता र राजपत्रमा जारी गरिएको सूचनालाई असंवैधानिक ठहर गर्दै उत्प्रेषणको आदेश माग गरिएको छ । त्यसैगरी दीर्घकालीन प्रभाव पर्ने कार्य गर्न नपाउने गरी अन्तरिम आदेश समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
— कोशी प्रदेशमा भ्रमण वर्ष चलिरहेका बेला ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले चैत र वैशाख महिनामा यस क्षेत्रको पदयात्रा गर्ने/गराउने भएको छ । चैत २६ देखि वैशाख ४ गते सम्म सयौंको सङ्ख्यामा मानिसहरू सहभागी हुने गरी पदयात्रा गराउने तयारी गरिएको हो । ‘नयाँ वर्ष टिपतालाबाट’ भन्ने नारासहित तयार गरिएको कार्यक्रम अनुसार कोशी प्रदेशका खासगरी तेह्रथुम, सङ्खुवासभा र ...
: धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिरमा यस वर्षको पौषे औंशीका अवसरमा पितृ उद्धारका लागि ५ हजारभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। मुलुकको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक तीर्थ स्थलका रूपमा परिचित विष्णुपादुकामा पौषे औंशीको अवसरमा बिहीबार र शुक्रबार देश–विदेशबाट श्रद्धालुहरू यहाँ आएका थिए। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले त्रिविक्रम अवतारमा बलि राजासँग तीन पाउ भूमि ...
— स्रोत नखुलेको करिब २० लाखसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका-७ बाट उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबार अपरान्ह स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सयसहित लमजुङको सुन्दरबजार नगरपालिका -२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका-७ का शेरबहादुर राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले दोलखाका प्रहरी निरक्षक श्रीराम ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्। थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने- 'उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम