— ललितपुरस्थित उच्च अदालत पाटनमा बलात्कार पीडित एक युवतीले आत्महत्या प्रयास गरेकी छन् ।
बिहीबार ३० वर्षीया पीडित युवतीले आत्महत्या प्रयास गरेपछि प्रहरीले उद्धार गरेर पाटन अस्पतालमा लगेकाे थियाे ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको भन्दै पीडितले किटनाशक औषधि सेवन गरेकी हुन् ।
अदालतका कर्मचारीले अदालत कम्पाउण्डमा छटपटाएको देखेर प्रहरीलाई खबर गरेपछि पीडितलाई प्रहरीले पाटन अस्पताल लगेर भर्ना गरेकाे अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।