मुख्य समाचार
जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन
जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन

— अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन् । तोडफोड र आगजनी भएको एकसय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिए ।



क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भारसम्बन्धी फाइल बिहीबार मात्रै आफ्नो टेबुलमा आएको भन्दै उनले फाइल हेरेर आवश्यक निर्णय लिने बताए । त्यसक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएकोले संघ सरकारको सहयोग जरुरी रहेको जानकारी गराए ।

कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएकोले संघ सरकारबाट सहयोग गर्न पाण्डेयले माग गरे । उपमहानगरपालिका आफैँले भवन पुनर्निर्माण गर्दा विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती गर्नुपर्ने भन्दै नगर प्रमुख पाण्डेयले कार्यान्वयनमा गइसकेको योजना कटौती गर्दा समस्या पर्ने गुनासो समेत गरे ।

बुटवलको ज्योतिनगर पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे संरक्षण आयोजनामार्फत २५ करोड बजेट छुट्टयाइए पनि उक्त बजेट कटौती भई २५ लाखमा झरेको भन्ने सुन्नमा आएको भन्दै उनले सो बजेट कटौती नगर्न आग्रह गरे । ज्योतिनगर पहिरो नियन्त्रण योजनाको बजेट कटौती हुँदा पहिरोले ज्योतिनगरको बस्तीसँगै बुटवल बहुमुखी क्याम्पस नेपाली सेनाको विद्यालय विस्थापित हुनुका साथै समग्र बुटवललाई नै असर गर्ने उनले अर्थमन्त्री खनालको ध्यानाकर्षण गराए ।

अर्थमन्त्री खनालले संवेदनशील र कार्यान्वयनमा गइसकेका आयोजनाको बजेट कटौती नगरिएको जानकारी गराउँदै त्यस विषयमा सम्बन्धित निकायसँग बुझ्ने बताए । खनालले निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पताल निरीक्षणसमेत गरेका थिए । उनले निर्माण कार्यको स्थलगत अवलोकन गर्दै आवश्यक बजेट व्यवस्थापन गर्ने विषयमा सहजीकरण गर्ने समेत आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्। थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने- 'उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण ...
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही आइपुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका छन् । उनी शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा अदालतमा उपस्थित भएका हुन् । तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन् । खराब मौसमका कारण काठमाडौंबाट ...
— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...
: नेकपा एमालेले पुर्नस्थापना हुने संसदबाट जेनजीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवशनले विभिन्न २४ बुँदै राजनीतिक प्रस्ताव पारित गर्दै पुनर्स्थापना हुने संसदमार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम