मुख्य समाचार
ओलीले अहिले सिरक ओढेर म जेनजी हुँ भन्दै थर्काउनेको जमात बढेको बताए
ओलीले अहिले सिरक ओढेर म जेनजी हुँ भन्दै थर्काउनेको जमात बढेको बताए

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिरक ओढेर म जेनजी हुँ भन्दै थर्काउनेको जमात बढेको बताएका छन्। एमाले ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले यसकाविरुद्ध एमाले टोल सुरक्षा समिति बनाएर अघि बढ्ने बताएका हुन्।

ओलीले भने,ʻअब सहर गाउँ सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर सुरक्षाको व्यवस्था मिलाउनु पर्ने छ। अहिले सिरक ओढेर म जनजी हुँ भन्दै थर्काउनेको जमात बढेको छ। त्यसका विरुद्ध एमाले टोल सुरक्षा समिति बनाएर अघि बढ्ने छ।ʼ


देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष ओलीले त्यो अप्ठेरोबाट देशलाई सहज बाटोमा ल्याउने काम एमालेले गर्ने बताए। ‘हामी गर्छौँ त्यो, नत्र कसले गर्छ त यो देशमा ? अप्ठेरो अवस्था आयो, नेकपा एमाले बाहेक अन्य बोल्ने शक्ति नै देखिएन त’, उनले भने।

अध्यक्ष ओलीले एमालेले आफ्नो गतिशीलतालाई अझ तीव्रता दिएर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...
: नेकपा एमालेले पुर्नस्थापना हुने संसदबाट जेनजीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवशनले विभिन्न २४ बुँदै राजनीतिक प्रस्ताव पारित गर्दै पुनर्स्थापना हुने संसदमार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार ११औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, सच्चा कम्युनिस्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताएका हुन् । पार्टीको सामूहिक प्रयासबाट निकालिएका नीतिविपरीत नचल्न पनि ...
: मोरङमा हाँगा झार्ने क्रममा रुखबाट लडेर बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको मृत्यु भएको हो । हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै खेतमा रहेको पिठारीको रुखमा चढेका उनी उक्त रुखबाट अचानक खसेर गम्भीर घाइते भएका थिए । रुखबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई ...
— अदालतको आदेश कार्यान्वयनको माग राख्दै पुस १ गते जिल्ला प्रशासन बाँकेको प्रवेशद्वार अगाडि आमरण अनशनमा बसेका सहकारी वित्तीय विकास संस्था नेपालगन्जका बचतकर्ता विजय गुप्ताकाे अनशन तेस्रो दिनमा तोडिएकाे छ । लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी र सहकारी वित्तीय विकास संस्थाका पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका बीचमा दुई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम