मुख्य समाचार
एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना
एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना

— एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना गरेको छ । एसियाकप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेल मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई यो कारवाही गरिएको हो ।



पछिल्लो नोभम्बर १८ मा मलेसियामा भएको त्यस खेलमा नेपाल १–० ले पराजित भएको थियो । बुकिट जलिलको नेसनल स्टेडियमा भएको खेलमा नेपालले खेल सुरु हुन अगाडि मैदानमा प्रवेश गर्न एक मिनेट ३० सेकेन्ड ढिला गरेको थियो ।

मलेसियालाई पनि यही आरोपमा दुई हजार पाँच सय डलर जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचारसंहिता समितिको डिसेम्बर १५ मा बसेको बैठकले नेपाल र मलेसियालाई कारवाही गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपोलीले बिहीबार एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ । साउदी अरेबियाको रियादमा भएको सेमिफाइनलमा नेपोलीका लागि डाभिड नेरेसले गोलको खाता खोले । त्यसपछि रसमस होजल्यान्डले दोस्रो गोल थपे । किंग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमाथि मिलानले नियन्त्रण राखे पनि त्यसको फाइदा लिन सकेन् । फाइनलमा नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना र ...
अस्ट्रेलियाको प्रभावकारी बलिङ आक्रमणसामु इंग्ल्यान्डको ब्याटिङ फेरि एकपल्ट कमजोर साबित भएपछि पाहुना टिम तेस्रो टेस्टमा पनि हारतर्फ उन्मुख देखिएको छ
साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट
। फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो। प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) ...
विश्व फुटबलका महान् खेलाडी मेस्सी यसै साता भारत भ्रमणमा आएर । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन भ्रमणका लागि आएका उनी सोमबार फर्किएका छन् । भारत भ्रमणमा रहँदा उनले विदेशी संस्कृतिप्रति देखाएको सम्मानले सामाजिक सञ्जालमा यति बेला तहल्का पिटेको छ । हालै सार्वजनिक भएको तस्बिरमा मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम