मुख्य समाचार
निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो
निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो

— अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले निर्वाचनको वातावरण तयार गर्न सरकार दृढताका साथ लागिरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह पनि गरेका छन् ।



रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२’ उद्घाटन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए ।

‘जबसम्म राजनीतिक स्थिरता हुँदैन, तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन,’ उनले भने, ‘सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउन दृढ छ । सरकारको संकल्पमा दलहरूले सहयोग गर्नुको विकल्प छैन ।’ उनले निर्वाचनका लागि धेरै दल र छिमेकी देशहरूसमेत सकारात्मक रहेको बताए । उनले स्पष्ट नभने पनि घुमाउरो भाषाले कांग्रेस र एमालेलाई निर्वाचनका लागि तयारी गर्न आग्रह गरेका थिए । ‘निर्वाचनका लागि सबै दलको ध्यान जाओस्,’ उनले थपे ।

अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको पनि बताए । कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक भएको उनले दाबी गरे । ‘यो आमउपभोक्तालाई राहत हो । आर्थिक गतिविधि विस्तार भएको छ,’ उनले भने, ‘मुद्रा सञ्चिति वृद्धि र वित्तीय सत्तामा पुँजी सञ्चिति पनि बढेको छ ।’ त्यसैले लगानीका लागि यो भन्दा उपयुक्त वातावरण तयार नहुने उनले बताए । अन्तरिम सरकारले र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लैजान लागेको पनि उनले बताए ।

उनले बुटवल पहिल्यैदेखि औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि सरकारले सबै प्रयास गरिरहेको बताए । उनले आर्थिक क्षेत्र सेज संचालनका लागि सरकारले सहजीकरण गरेको र बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम पनि छिट्टै अघि बढाइने बताए ।

पुस ३ गतेदेखि १७ गतेसम्म लाग्ने यो प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्रको व्यवस्थापनका विषयमा सरकारले काम गर्न नसकेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय नगरेको गुनासो गर्दै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताए ।


कार्यक्रममा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रूपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता ...
— काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ । हाल महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ ...
— स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो । अहिले झ्याप्ले खोला र खत्रीपौवास्थित पुल आसपासमा रहेको पहुँच सडकबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्र सकिएको छ । समग्रमा उक्त खण्डको प्रगति ...
— मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो। चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद ...
— सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको घटनामा दुई जना आरोपित धरौटीमा छुटेका छन् । घटनाका आरोपित अर्का नाबालकलाई भने अभिभावकको जिम्मामा छाडिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासमा गत सोमबार र मंगलबार सुनुवाइ हुँदा उक्त आदेश जारी भएको हो । आरोपीहरु राजविराज ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम