मुख्य समाचार
सरकारलाई चुनावको तयारी गर्न नसके बाटो छोड्न आग्रह
सरकारलाई चुनावको तयारी गर्न नसके बाटो छोड्न आग्रह

: नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला नेतृत्वको सरकारलाई चुनावको तयारी गर्न नसके बाटो छोड्न आग्रह गरेका छन्। भृकुटीमण्डमा सपथग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आग्रह गरेका हुन्।

'यो सरकारले सके निर्वाचन गराउनुपर्छ। सक्दैन भने बाटो लागे हुन्छ,' उनले भने। अध्यक्ष ओलीले देश गम्भीर संकटमा रहेकाले राजनीतिक दलहरूलाई एक हुन आह्वान गरे।


उनले संविधान खारेज गर्ने विषय उठिरहेकाले राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए। 'राजनीतिक दलहरू गम्भीर हुनुपर्छ। संविधान विरोधी तत्त्वहरू छन्। उनीहरूले संविधान नै खारेज गर्ने कुरा गर्दैछन्। त्यसको पक्षमा उभिनका लागि पनि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ,' उनले भने।

उनले संविधान संशोधन आवश्यक रहेको र त्यो गरिने पनि बताए। तर, संविधान खारेज सम्भव नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता ...
— काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ । हाल महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ ...
— स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो । अहिले झ्याप्ले खोला र खत्रीपौवास्थित पुल आसपासमा रहेको पहुँच सडकबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्र सकिएको छ । समग्रमा उक्त खण्डको प्रगति ...
— अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले निर्वाचनको वातावरण तयार गर्न सरकार दृढताका साथ लागिरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह पनि गरेका छन् । रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, ...
— मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो। चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम