तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीचको सम्झौता अवैध भएको बताएका छन्। उनले सरकारले अनधिकृत रूपमा जेन–जीसँग सम्झौता गरेको भन्दै उक्त सम्झौतालाई नाटकको संज्ञा दिए ।
उनले भने, ‘त्यो कला नभएको नाटक हो। भद्दा नाटक हो। देशलाई असहजतातर्फ धकेल्ने नाटक हो। त्यसैले एमाले त्यसलाई खारेज गर्दछ। लागू हुन दिँदैन।’ उनले राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने पनि बताए ।