मुख्य समाचार
एमालेलाई आक्रमण गरेको दिन देश ठप्प हुन्छ, यो सरकार ढल्नुपर्छ
एमालेलाई आक्रमण गरेको दिन देश ठप्प हुन्छ, यो सरकार ढल्नुपर्छ

— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले एमालेमाथि आक्रमणको प्रयास भइरहेको भन्दै त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले एमालेलाई आक्रमण गरेको देश ठप्प हुने र यो सरकार पनि ढल्ने बताए।



बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि सम्बोधन गर्दै ओलीले भने, 'एमालेलाई अरू गरेर सकिदैन भनेर आक्रमण गर्ने तयारी भइरहेको छ। एमालेमाथि आक्रमण गर्न त्यति सजिलो छैन। एमाले नेतृत्वलाई छोएको दिन यो देश ठप्प हुनुपर्दछ। एमालेलाई छोएको दिन यो सरकार ढल्नुपर्दछ। संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुँदा पर्दछ। त्यसका लागि तपाईहरू तयार भएर बस्नुहोला।'

उनले सरकारले चुनाव गराउने तयारी नगरेको आरोप लगाए। 'यो सरकार चुनावको तयारी गर्दै छैन। षड्यन्त्रको तयारी गरिरहेको छ। जेन-जीसँग भएको सम्झौता यो षड्यन्त्र हो। यो सरकार चुनाव गराउन गठन भएको हो। सरकारलाई चुनाव गराऊ भनिएको हो, संविधान संशोधन गर्नु भनेर जिम्मेवारी दिइएको छैन,' उनले भने, 'त्यसकारण यो सरकारले चुनाव गराउदैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता ...
— काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ । हाल महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ ...
— स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो । अहिले झ्याप्ले खोला र खत्रीपौवास्थित पुल आसपासमा रहेको पहुँच सडकबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्र सकिएको छ । समग्रमा उक्त खण्डको प्रगति ...
— अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले निर्वाचनको वातावरण तयार गर्न सरकार दृढताका साथ लागिरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह पनि गरेका छन् । रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, ...
— मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो। चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम