मुख्य समाचार
पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत
पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत

। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा केही दिन पर सर्न सक्ने बताए ।

महाधिवेशनको मिति सर्ने हल्लाको विषयमा उनले धेरै चिन्ता नलिन पनि आग्रह गरे । महाधिवेशनको मिति सर्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्ने हो, तर क्रियाशीलमा सिरियल नम्बर नै नभएकाले क्रियाशील भरेर त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति ‘उ’ (समस्या) नै हुन्छ ।’

सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य नहुने पनि बताए ।

‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौं र त्यो क्यान्सिल पनि भएको छ,’ उनले भने, ‘सिरियल नम्बर नभएको फारम कसैले नभर्नुहोला, नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ । उनको ...
। कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए । ‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले ...
। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी नियम उल्लंघन गरेको पाइएको हो । निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेकोलगायतका ...
। नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ । महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले ...
। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ । नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो । सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम