मुख्य समाचार
एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ
एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ

। एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ ।

धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए ।


मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी गर्‍यो । कर्सियास्थित सिटिजन बैंक अगाडि पार्किङमा राखिएको मोटरसाइकलको ‘इन्डिकेटर’ भित्र प्रहरीले लागुऔषध ब्राउन सुगर फेला पार्‍यो ।

सामान्यत: प्रमाण भेटिएपछि प्रहरीले अनुसन्धान गरी अभियुक्तलाई मुद्दा चलाउँछ । मोटरसाइकल धनी राजिव चौधरी र उनीसँगै रहेका एक पुरुष पक्राउ परे । तर, अनुसन्धानका क्रममा घटनाको अन्तर्य भने फिल्मी शैलीको देखियो ।




उनलाई फसाउन लागुऔषध राखेर प्रहरीलाई खबर गरेकाे देखियाे । त्यसपछि राजिव घर फर्किए । षड्यन्त्र गरेर फसाउन खाेजेकाे आरोपमा मुख्य योजनाकार धनपालथान गाउँपालिका वडा ७ का २७ वर्षीय विशालकुमार सिंहसहित चार जना पक्राउ परेका छन् ।

कसरी भयाे षड्यन्त्र ?

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार हुन्- धनपालथान गाउँपालिका-७ का २७ वर्षीय विशालकुमार सिंह । उनी एउटी युवतीलाई मन पराउँथे । उनी युवतीको हात माग्न घर पनि पुगे । तर, युवती र उनको परिवार विवाहको लागि तयार भएनन् ।

छोरी दिन राजी नभएपछि सिंहले युवतीको बुबालाई लागुऔषध मुद्दामा फसाउन मोटरसाइकलमा ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरे । याे घटना गत वैशाख २० गतेकाे हाे ।

प्रमाण नपुगेपछि बुबामाथि मुद्दा चलेन । मंसिरमा युवतीको विवाह भयो । युवतीको विवाहको केहीदिनपछि उनका श्रीमान् बजार आएकाे बेला मोटसाइकलमा लागुऔषध लुकाएर प्रहरीलाई खबर गरे ।

राजिवलाई फसाउन विशालले साथीहरू रोशन मण्डल, पारस मण्डल र राजा खान धोबीको साथ लिएका थिए ।

प्रहरीका अनुसार लागुऔषध लुकाएपछि विशालले आफ्ना साथी राजालाई प्रहरीसमक्ष सुराकीको रूपमा पठाए । राजाले प्रहरीलाई फोन गरेर ‘मलाई लागुऔषध कारोबारबारे सूचना छ, फलानो नम्बरको मोटरसाइकलमा लागुऔषध छ, चेक गर्नुस्’ भन्दै ‘सूचना’ दिए । सूचनामा भनिए अनुसार प्रहरीले इन्डिकेटरमा लुकाएको अवस्थामा १३.३१० ग्राम ब्राउन सुगर फेला पार्यो ।

मोटरसाइकल पार्किङ गरेर २९ वर्षीय चौधरी नजिकै काममा थिए । प्रहरीले कसको मोटरसाइकल भनेपछि ‘मेरो’ भन्दै उनी पुगे । माेरङका प्रहरी उपरीक्षक कबित कटवालका अनुसार चौधरीको हाउभाउ लागुऔषध कारोबारीको जस्तो थिएन् ।

मोटरसाइकलमा लागुऔषध राखिएको भन्दै प्रहरी प्रश्न गरेपछि उनले ‘होइन’ भन्दै प्रतिवाद गरे । प्रहरीले केरकार गर्दा लागुऔषध कारोबारी जस्तो देखिएन । तनावका कारण राजिवलाई ‘हार्ट अट्याक’ जस्तै लक्षण देखियो र त्यसपछि अस्पताल भर्ना गरियो ।

२०८२ वैशाख २० गते यस्तै प्रकृतिको घटना भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकमा २.९५० ग्राम ब्राउन सुगर भेटिएको थियो । त्यसबेला केही दिन प्रहरी हिरासतमा बसेका मण्डलले ल्याब रिपोर्ट नेगेटिभ आएपछि सफाइ पाएका थिए ।

उस्तै प्रकृतिकाे दुई वटा केस देखिएपछि प्रहरीले राजिवलाई चन्द्रशेखरकाे बारेमा साेध्याे । उनले ससुरा भएकाे जवाफ दिए । ज्वाइँससुरा नै उस्तै प्रकृतिकाे घटनामा परेपछि प्रहरी सूचना दिने व्यक्ति विराटनगर महानगरपालिका–९ घोघापुल बस्ने २७ वर्षीय राजा धोबीसम्म पुग्यो । धोबी पक्राउ परेपछि प्रहरी आफैं अचम्ममा पर्‍यो ।

उनले ब्राउन सुगर राख्नका लागि मोरङ धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंहले अह्राएको बयान दिए । ब्राउन सुगर राखेर प्रहरीलाई खबर गरेबापत उनले १० हजार रुपैयाँ दिने आश्वासन दिएका थिए ।

धोबीको बयानका आधारमा विशाललाई खोजी गर्दा प्रहरीले धनपालथान गाउँपालिका–७ का २७ वर्षीय रोशन मण्डल र धनपालथान गाउँपालिका–१ का २८ वर्षीय पारश मण्डललाई नियन्त्रणमा लियाे । दुई जनाको बयानका आधारमा प्रहरी सिंहलाई खोज्दै उनको घर पुगेको थियो । प्रहरीलाई देखेपछि भागेका उनलाई प्रहरीले करिब २ किलाेमिटर लखेटेर समात्यो ।

विशाल पक्राउ परेपछि छोरी नदिएको झोकमा मण्डलको मोटरसाइकलमा आफैंले लागुऔषध राख्न लगाएको स्वीकार गरे । मन पराएकी युवतीले अर्कैसँग बिहे गरेपछि युवतीकाे श्रीमान्‌लाई लागुऔषध मुद्दामा फसाउन मोटरसाइकलमा ब्राउन सुगर राखेकाे बयान दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार करिब १६ देखि १७ घण्टाको निरन्तर अपरेसनपछि ‘फेक केस’को पर्दाफास भएको हो ।

‘यदि हामीले सतही अनुसन्धान मात्र गरेको भए एक निर्दोष व्यक्ति जेलमा जाने अवस्था थियो ,’ प्रहरी उपरीक्षक कटवालले भने, ‘हामीले गहिराइमा पुगेर अनुसन्धान गर्दा निर्दोष जोगिए र षड्यन्त्रकारी पक्राउ परे ।’

प्रहरीले निर्दोष देखिएका राजिव चौधरी र उनका साथीलाई छाडेको छ । सिंहसहित चारै जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको कटवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ । उनको ...
। कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए । ‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले ...
। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी नियम उल्लंघन गरेको पाइएको हो । निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेकोलगायतका ...
। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा ...
। नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ । महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम