मुख्य समाचार
पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने
पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने

। पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ ।


दैनिक रुपमा हजारौं यात्रु पूर्वपश्चिम राजमार्गको यो जंगल हुँदै देशको पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ यात्रा गर्दछन्, तर यो खण्डमा मोबाइल नेटवर्कको कभरेज राम्रो थिएन । यो खण्ड वन तथा जंगलको क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो सडक खण्ड हो, जसको दूरी २१ किलोमिटर छ ।

साधारणतया राजमार्ग तथा वन क्षेत्रमा विद्युत् आपूर्ति र टावर व्यवस्थापनको समस्याले नेटवर्क नआउने र फोन नलाग्ने समस्या रहन्छ । एनसेलले सेवा उपलब्ध गराएसँगै यात्रु तथा वरपरका स्थानीय सहज सञ्चारबाट लाभान्वित भएका छन् ।


नेटवर्क नलाग्ने समस्या हटेको हुनाले जंगलको बाटोबाट यात्रागर्दा अब सुरक्षित महसुस भएको यात्रुहरु बताउँछन् । पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानहरूमा टावर जडान गरी संचालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ ।

वन क्षेत्रमा नयाँ टावर राख्न विभिन्न कारणले तत्काल सम्भव नभएकोले एनसेलले गढन्ता र लक्ष्मीनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसनको प्रयोगमार्फत सेवा उपलब्ध गराएको हो ।

यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो सडक खण्डमा सेवा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यलय (महोत्तरी), गढन्ता सब डिभिजन कार्यालय र बाँके सब डिभिजन वन कार्यालयले सहयोग तथा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...