मुख्य समाचार
मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान
मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान

विश्व फुटबलका महान् खेलाडी मेस्सी यसै साता भारत भ्रमणमा आएर । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन भ्रमणका लागि आएका उनी सोमबार फर्किएका छन् । भारत भ्रमणमा रहँदा उनले विदेशी संस्कृतिप्रति देखाएको सम्मानले सामाजिक सञ्जालमा यति बेला तहल्का पिटेको छ ।

हालै सार्वजनिक भएको तस्बिरमा मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान खिचेको छ । उनका फ्यानहरूले केवल खेलकूदका लागि मात्र नभएर मानवता र संस्कृतिप्रति सम्मान देखाएको भन्दै उनको प्रशंसा गरिरहेका छन् ।

अर्जेन्टिनाका यी सुपरस्टार १३ डिसेम्बरमा भारत आएका थिए ।

पहिले २०११ को सेप्टेम्बरमा पहिलो पटक भारत आउँदा उनले कोलकातामा भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेलेका थिए । यसपटक भने कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली गरी चार शहरमा उनको सयर भयो ।

उनको कोलकाता भ्रमण विवादित पनि बन्यो । शनिबार मेस्सी कोलकाताको साल्ट लेक स्टेडियममा जाँदा उनलाई देख्न नपाएको भन्दै प्रशंसकहरूले तोडफोड गरे । मेस्सी फर्किए पनि यस घटनाले भारतको पश्चिम बंगालको राजनीति नै तरंगित बनिरहेको छ ।

तर भ्रमणको सबैभन्दा रोचक र हृदयस्पर्शी भाग भने जामनगरको वनतारा भ्रमण रह्यो, जहाँ मेस्सीले भारतीय संस्कृति र सनातन धर्मको सम्मान गर्दै परम्परागत अनुष्ठानमा भाग लिए । विश्वका ठूला उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको निमन्त्रणामा भ्रमणको अन्तिमतिर उनी आफ्ना साथीहरू लुइस सुआरेज र रोद्रिगो डे पलसहित जामनगर पुगे।



वनतारा विश्वको सबैभन्दा ठूलो वन्यजन्तु उद्धार, पुनर्वास र संरक्षण केन्द्र हो, जसलाई अनन्त अम्बानीले स्थापना गरेका हुन् । ३ हजार एकडमा फैलिएको यो केन्द्रमा सिंह, बाघ, हात्ती, चितुवा जस्ता जनावरहरूको संरक्षण गरिन्छ । उनीहरूलाई परम्परागत स्वागत गरियो, लोक संगीत, फूलको वर्षा र आरती भयो ।



वनतारामा सबै काम सनातन धर्म अनुसार देवताहरूको आशीर्वाद लिएर सुरु हुने गर्छ । मेस्सीले पनि यो परम्परालाई सम्मान गर्दै मन्दिरमा महाआरती गरे । उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा भाग लिए । विशेषगरी हनुमानजीको मूर्तिअगाडि माथि टेकेर आशीर्वाद लिएको दृश्य अत्यन्त मार्मिक थियो ।



मेस्सीले पूजा थाली समातेर आरती गरे, टीका लगाए र शान्तिपूर्वक प्रार्थना गरे । धर्मले फरक पारे पनि संस्कृति र परम्पराको आदर गर्नु मानवताको सबैभन्दा ठूलो गुण हो भन्ने कुरा मेस्सीले देखाएको सम्मानले विश्वलाई सन्देश दियो ।



उनले पूजामा भाग मात्र लिएनन्, वनताराको संरक्षण कार्यको पनि मुक्तकण्ठले प्रशंसा गरे। उनी जनावरहरूको केयर सेन्टर घुमे, सिंह–बाघसँग नजिकबाट भेटे र कर्मचारीहरूसँग कुराकानी गरे ।

मेस्सीले स्पेनिसमा भने, ‘वनताराले जनावरहरूका लागि जुन काम गरिरहेको छ, यो साँच्चै सुन्दर छ । उनीहरूलाई बचाउने, हेरचाह गर्ने तरिका प्रभावशाली छ । हामीले यहाँ अद्भुत समय बितायौँ ।’

चार शहरको भ्रमणमा लाखौँ फ्यानहरूले उनलाई स्वागत गरे । दिल्ली, मुम्बई, हैदराबाद र कोलकातामा उनी जहाँ गए, भीड उत्तिकै थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...