मुख्य समाचार
बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर
बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, तत्कालीन सव–इन्जिनियर गणेश राज उपाध्याय र तत्कालीन लेखापाल हर्कदेव जोशीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको जरिवाना, कैद र बिगो असुल उपरको मागदाबी लिइएको छ ।

त्यसैगरी बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई मुख्य कसूरदारको मतियारका रूपमा गैरकानुनी लाभ लिएको अभियोगमा सोही ऐनअनुसार सजायको मागदाबी गरिएको छ ।


आर्थिक वर्ष २०७६/७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रुपैयाँ र संघीय सांसद विकास कोषबाट १५ लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ बजेट विनियोजन भई खेल मैदान निर्माण तथा सुधार गरिएको थियो । तर, उक्त योजनामा एउटै कामका लागि एउटै उपभोक्ता समितिसँग फरक–फरक लागत अनुमानमा दोहोरो सम्झौता गरिएको, काम नगरी तथा कमसल निर्माण सामग्री प्रयोग गरी रकम हिनामिना गरिएको पाइएको अख्तियारको ठहर छ ।

अनुसन्धानका क्रममा एउटै ग्राउण्ड कटिङ कार्यका लागि फरक–फरक गोश्वारा भौचर प्रयोग गरी १३ लाख ९९ हजार १८६ रुपैयाँ दोहोरो भुक्तानी गरिएको तथा नगरेको काम देखाई ६७ हजार ३१७ रुपैयाँ ९२ पैसा बढी भुक्तानी लिएको प्रमाणित भएको अख्तियारको निष्कर्ष छ ।

यसरी सरकारी तथा स्थानीय तहको बजेट दुरुपयोग गरी उनीहरूले कूल १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसाको गैरकानुनी लाभ लिएको ठहर गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ । आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरुसँग ५ पुसमा छलफल गरिने भएको छ । छलफलको सहजीकरणका लागि प्रदेशगत ...
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको हुँदा अभिभावकीय जिम्मेवारी हुने बताएका छन् । कांग्रेसले विगतमा आफूभित्रको घाउ पीडा विर्सेर राष्ट्रिय शक्तिको भूमिका निर्वाह गरेको महामन्त्री थापाले स्मरण गर्दै भने, ‘सबै कुरा विर्सेर हिंसाको आहालबाट देशलाई बाहिर निकालेको होइन ? त्यसपछिको चुनाव हारेको होइन हामी ? चुनाव जित्ने र हार्नेको हिसाब किताब गरेको ...
: जेनजी आन्दोलनको मौका छोपेर काठमाडौंस्थित कारागारबाट भागेकी एक जना महिला विराटनगरमा पक्राउ परेकी छन्। फरार भएर विराटनगर आइपुगेकी मानब बेचबिखन मुद्दाकी प्रतिवादीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर छन्। उनलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर महानगरपालिका–११ बसपार्कनजिकबाट राति ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ...
। काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ । हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा मृत्यु ...
: भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ। जेनजी आन्दोलन भएको तीन महिनापछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक र निजी सम्पतिमा आगजनी गर्नेहरूलाई पक्राउ गर्न थालेको हो। यसै क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगन्ज महानगरपालिका-३ स्थित घरमा आगजनी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम