मुख्य समाचार
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौता

— सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रीकृत सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको दोस्रो चरणका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित समारोहमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार एसियाली विकास बैंकले उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउनेछ।

उक्त ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित कुल भुक्तानी अवधि २४ वर्ष रहनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने यस ऋणमा ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुनेछ भने त्यसपछि १.५ प्रतिशत ब्याजदर कायम रहनेछ।

ऋण सम्झौतामा अर्थ सचिव घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारी स्रोत व्यवस्थापनमा सुधार गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताए।

सम्झौतामा हस्ताक्षरपछि निर्देशक आनो कुश्वा र अर्थ सचिव घनश्याम उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।


सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहने अर्थ मन्त्रालयले जनाएको छ। यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मंसिर २७ गते वीरगन्ज पुरानो बसपार्कस्थित त्रिशाला होटलमा मृत फेला परेकी होटलकी कर्मचारी सुनिता स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन
— काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 'आज बिहान ...
विभिन्न लडाकु समूह र उग्रवादी संगठनहरूले विश्वव्यापी रूपमै एआई प्रविधिको प्रयोग बढाउँदै लगेकोमा नियामक निकाय, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्
— संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ...
— प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ । सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक ...