मुख्य समाचार
आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी
आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी

— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ ।



अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो ।

पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ तापक्रम वृद्धि उच्च रहेको उक्त रिपोर्टले औल्याएको छ । १३ देशका १ सय १२ जना लेखकहरुले सहकार्य गरेर यो रिपोर्ट तयार गरेका हुन् ।

स्याटेलाइट इमेज लिन थालिएको ४७ वर्षयता मार्च २०२५ मा हिउँदको हिउँको सतह सबैभन्दा कम रहेको पनि रिपोर्टमा उल्लेख छ ।

लेखकहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै यस रिपोर्टबारे जानकारी दिएका हुन् । सम्मेलनमा एक रिपोर्टरले जिवाश्म इन्धन प्रदूषण र आर्टिक क्षेत्रमा देखिएको वातावरणीय परिवर्तनबीचको सम्बन्धबारे सोधेका थिए ।

तर, एनओएएका कार्यकारी प्रमुख वैज्ञानिक स्टेफेन थुरले जिवाश्म इन्धन र जलवायु परिवर्तनको विषयलाई आफ्नो जवाफमा प्रत्यक्ष उल्लेख गरेनन् ।

‘हाम्रो ग्रह नाटकीय रुपमा परिवर्तन भइरहेको हामीलाई थाहा छ । एनओएएमा हाम्रो भूमिका आज के भइरहेको छ भन्ने विषयलाई दस्तावेजीकरण गरेर भविष्यमा के हुनसक्छ भन्ने प्रक्षेपण गर्ने प्रयास गर्नु हो,’ उनले भने ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनमा औद्योगिकरणको भूमिका र त्यसले वातावरणमा पारेको प्रभावको विषयलाई नजरअन्दाज गर्दै आएका छन् । पछिल्लो समय अमेरिकी संघीय संस्थानहरुले आफ्नो वेवसाइटबाट जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिजस्ता विषयलाई हटाउने गरेका छन् ।

आर्टिक क्षेत्रमा वातावरणीय क्षति निम्तिरहेकै समय अमेरिका, रुस र नर्वेजस्ता देशले यहाँ तेल उत्खनन् गर्ने योजना बनाइरहेका छन् ।

गत अक्टुबरमा क्रेमलिन इन्भेस्टमेन्टका किरिल दिमिट्रेभले साइबेरियादेखि अलास्कासम्मको १ सय १२ किलोमिटर रेल रोड तथा कार्गो लिंकले अमेरिका र रुसलाई संयुक्त रुपमा यहाँ स्रोतहरुको उत्खनन् गर्न सहयोग पु¥याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप
— गाजापट्टीमा एक प्यालेस्टिनी शिशुको चिसोले मृत्यु भएको छ । इजरायलले यहाँ आश्रयस्थलका लागि आवश्यक सामाग्री तथा मानवीय सहायता पुग्न दिइरहेको छैन । जाडोका कारण धेरै मानिसहरु समस्यामा छन् । मंगलबार गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले २ साता उमेरकी एक शिशुको मृत्यु भएको जानकारी दिएको छ । चिसोका कारण ती शिशुलाई गम्भीर प्रकारको हाइपोेथर्मिया भएको पनि ...