मुख्य समाचार
दार्चुला प्रहरीले भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ
दार्चुला प्रहरीले भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ

— दार्चुला प्रहरीले भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको छ। महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित लास्कुखोला दोभानमा महाकाली नदी पार गरी भारततर्फ सामान तार्दै गरेको अवस्थामा दुई जनालाई सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नदीबाट भारततर्फ सामान तारिरहेको अवस्थामा नदी किनारबाट बझाङ जिल्ला दुर्गा थली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेमसिंह धामीको सालिकस्थित कोठा गरी बस्ने ३५ वर्षीय शेरबहादुर महता र भारतको पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने २४ वर्षीय भासु बुढाथोकी पक्राउ परेका हुन्।

नेपालबाट महाकाली नदी पार गरी भारततर्फ भन्सार छली लैजाँदै गरेको अन्दाजी ७९ हजार रुपैयाँ बराबरको लेडिज कटराइज पाइन्ट, लेडिज ट्राउजर, जिन्स कटराइज पाइन्टलगायतका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

उक्त सामानसहित दुवै जनालाई सामुदायिक सेवा केन्द्र बङ्गाबगरबाट खटिएको प्रहरी टोलीले मंगलबार फेला पारी नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मंसिर २७ गते वीरगन्ज पुरानो बसपार्कस्थित त्रिशाला होटलमा मृत फेला परेकी होटलकी कर्मचारी सुनिता स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन
— काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 'आज बिहान ...
विभिन्न लडाकु समूह र उग्रवादी संगठनहरूले विश्वव्यापी रूपमै एआई प्रविधिको प्रयोग बढाउँदै लगेकोमा नियामक निकाय, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्
— संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ...
— प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ । सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक ...