: पेरिस सेन्ट जर्मन (पीएसजी)का फर्वाड ओस्मान डेम्बेलेले फिफा वर्ष उत्कृष्ट पुरुष २०२५ को उपाधि जितेका छन्। २८ वर्षीय डेम्बेलेले यसअघि बालोन डी’ ओर अवार्ड पनि जितेका थिए।
उनले यो उपाधिका लागि बार्सिलोनाका लमीन यमल र रियल म्याड्रिडका केलियन एम्बापेलाई पछि पार्दै वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्। कतारको दोहामा आयोजित कार्यक्रममा उनले वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्। उनले पीएसजीलाई फुटबलका शीर्ष ४ उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् २०२३ मा पीएसजीमा अनुबन्ध भएका डेम्बेलेले ५३ खेलमा ५१ गोल गरेका छन्। उनले पीएसजीका लागि पहिलो च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
महिला वर्ष उत्कृष्ट खेलाडीतर्फ बार्सिलोनाकी आइताना बोनमतीले वर्ष उत्कृष्ट महिला खेलाडी २०२५ को उपाधि जितिन्। म्यानचेस्टर सिटीका गोलरक्षक डोनारुम्माले वर्ष उत्कृष्ट गोलरक्षकको उपाधि जिते। पीएसजीलाई च्याम्पियन्स लिगको उपाधिसम्म डोर्याउने प्रशिक्षक लुइस एनरिक वर्ष उत्कृष्ट प्रशिक्षक २०२५ को उपाधि जिते। वर्ष उत्कृष्ट टिमको उपाधि २०२४–२५ को पीएसजीको टिमले जित्यो।
यो अवार्डका लागि २०२४ को अगष्टबाट २०२५ को अगष्टसम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मानिएको थियो। यस उपाधिका लागि राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले मतदान गरेका थिए।