मुख्य समाचार
महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने
महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने

: नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका छन्। बुधबार महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका हुन्।


उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखापर्ने चुनौतिहरूको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ । एमालेको नेतृत्वमा जो आएपनि राष्ट्रिय राजनीतिका चुनौतिलाई सामना गर्दै मुलुकलाई सहि बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए।


नेकपा एमालेको ११ औं महाधिवेशनमा उनी महासचिवका उम्मेदवार हुन्। अहिले मतदान जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मंसिर २७ गते वीरगन्ज पुरानो बसपार्कस्थित त्रिशाला होटलमा मृत फेला परेकी होटलकी कर्मचारी सुनिता स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन
— काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 'आज बिहान ...
विभिन्न लडाकु समूह र उग्रवादी संगठनहरूले विश्वव्यापी रूपमै एआई प्रविधिको प्रयोग बढाउँदै लगेकोमा नियामक निकाय, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्
— संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ...
— प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ । सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक ...