मुख्य समाचार
उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला
उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला

— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।



केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् ।

मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला फेराराले एक ठाडो पहाडमा सयौँ मिटरसम्म फैलिएका ती पदचिन्ह देखेका थिए। त्यसयता यस विषयमा अनुसन्धानकर्ताहरुले लगातार खोजी गरिरहेका छन् ।

यी डायनासोरहरू प्रोसाउरोपोड प्रजातिको भएको अनुसन्धानकर्ताको अनुमान छ । यस्ता प्रजातीको लामो घाँटी, सानो टाउको र धारिला नङ्ग्रा हुने गर्थे । ती प्रजाती शाकाहारी थिए ।

मिलानस्थित जीवाश्म विज्ञ क्रिस्टियानो डाल सास्सोले भने, 'म बसोबास गर्ने क्षेत्रमै अद्भुत खोज भेटिन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइँन । '

ट्रायासिक काल (करिब २५० देखि २०१ मिलियन वर्षअघि) मा त्यो पहाडी भित्तो ज्वार–भाटा आउने समथर भूभाग थियो, कालान्तरमा एल्प्स पर्वत शृंखलाको हिस्सा बन्यो । 'यो स्थान डायनासोरहरूले भरिएको थियो,' दाल सास्सोले भने ।

उनका अनुसार डायनासोर बथानमा मिलेर अघि बढ्थें । 'यहाँ अझ जटिल व्यवहारका प्रमाणहरू पनि छन् । सम्भवतः आत्मरक्षाका लागि जनावरहरूको समूह गोलो घेरामा जम्मा भएजस्तो पनि देखिन्छ,' उनले भने ।


यी प्रोसाउरोपोडहरू १० मिटर (३३ फिट) सम्म लामो हुन सक्थे। तिनीहरू प्रायः दुई खुट्टामा हिँड्थे, तर कतिपय स्थानमा पाइलाका छापको अगाडि हातका छाप पनि भेटिएका छन्, जसले उनीहरू कहिलेकाहीँ रोकिने र अगाडिका खुट्टा जमिनमा टेकाएर विश्राम गर्ने गर्थे भन्ने संकेत गर्छ ।

प्रोसाउरोपोडहरु १० मिटरसम्म लामो हुन्थें, उनीहरु दुई खुट्टाले हिंड्थे । तर केही ठाउँमा हातका डोबहरु पनि पदचिन्हभन्दा अगाडी भेटिएका छन् । जसले उनीहरु आरामका लागि रोकिदाँ आफ्ना हातहरुले पनि मैदानमा टेक्थे भन्‍ने संकेत गर्छ ।

इटलीको संस्कृति मन्त्रालयले अनुसन्धानस्थल दुर्गम क्षेत्रमा रहेकाले ड्रोन र रिमोट सेन्सिङ प्रविधिको सहायताले अनुसन्धान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप
— गाजापट्टीमा एक प्यालेस्टिनी शिशुको चिसोले मृत्यु भएको छ । इजरायलले यहाँ आश्रयस्थलका लागि आवश्यक सामाग्री तथा मानवीय सहायता पुग्न दिइरहेको छैन । जाडोका कारण धेरै मानिसहरु समस्यामा छन् । मंगलबार गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले २ साता उमेरकी एक शिशुको मृत्यु भएको जानकारी दिएको छ । चिसोका कारण ती शिशुलाई गम्भीर प्रकारको हाइपोेथर्मिया भएको पनि ...