मुख्य समाचार
गाजापट्टीमा इजरायलको निर्मम नाकाबन्दी, जन्मिएको दुई सातामा चिसोले शिशुको मृत्यु
गाजापट्टीमा इजरायलको निर्मम नाकाबन्दी, जन्मिएको दुई सातामा चिसोले शिशुको मृत्यु

— गाजापट्टीमा एक प्यालेस्टिनी शिशुको चिसोले मृत्यु भएको छ । इजरायलले यहाँ आश्रयस्थलका लागि आवश्यक सामाग्री तथा मानवीय सहायता पुग्न दिइरहेको छैन ।



जाडोका कारण धेरै मानिसहरु समस्यामा छन् । मंगलबार गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले २ साता उमेरकी एक शिशुको मृत्यु भएको जानकारी दिएको छ । चिसोका कारण ती शिशुलाई गम्भीर प्रकारको हाइपोेथर्मिया भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

गाजापट्टीबाट रिर्पोटिङ गरिरहेका अल जजिराका पत्रकार तरेक अबु अजोमले इजरायलले सबै आधारभूत सुविधालाई प्रणालीगत रुपमै कटौती गरेपछि यी शिशुको मृत्यु भएको बताए । ‘धेरै परिवारहरु सुक्खा चौरमा टेन्टमुनी बसिरहेका छन् । कुनै हिटिङ प्रणाली, विद्युत वा राम्रा कपडा उनीहरुसँग छैन,’ अबु अजोमले भने, ‘जब खाना, इन्धन, आश्रय र सहयोग सबै बन्द हुन्छ । तब चिसो पक्कै पनि प्राणघातक बन्छ ।’

इजरायलले युद्ध थालेको दुई वर्षभन्दा लामो अवधिका दौरान गाजामा ८० प्रतिशतभन्दा धेरै पूर्वाधार ध्वस्त छन् । हजारौ परिवार टेन्टमुनी पुगेका छन् । केही दिनअघि आएको ठूलो तुफानले गाजापट्टीमा कम्तिमा ११ जनाको ज्यान लिएको थियो । तुफान र भारी वर्षका कारण धेरै टेन्टहरु बगे , त्यस्तै केही भवन ध्वस्त भए ।

‘हामीले बच्चाको कपडालाई आगोमा सुकाउने प्रयास गर्छौ,’ बिस्थापित एक आमा उम् मोहम्मद आशालियाले अलजजिरासँग भनेकी छिन्, ‘बच्चाहरुसँग फेर्ने जगेडा कपडा छैन । म थकित र हैरान छु । हामीलाई दिइएको टेन्टले मात्रै चिसो धान्न सक्दैन । हामीलाई ब्ल्यान्केट चाहिएको छ ।’

संयुक्त राष्ट्रसंघ राहत तथा उद्धार एजेन्सी (युएनआरएफए) ले सामाजिक सञ्जालमार्फत गाजापट्टीमा गरिएको अवरोध हटाउनुपर्ने जनाएको छ । ‘ यो हट्नैपर्छ । सहायता पुग्न दिनुपर्छ ,’ युएनआरएफएले सामाजिक सञ्जालमा लेखेको छ, ‘मानिसहरु भवन ढलेर मरेको सुचना भइरहेका छन् । बच्चाहरु चिसोले मरेको सूचना प्राप्त भएको छ ।’


गत अक्टुबरमा गरिएको युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले इजरायलको कडा निन्दा गरेको छ । ११ अक्टुबरमा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपनि त्यसलाई इजरायलले पालना गरेको छैन । त्यसयता, इजरायलको आक्रमणमा ३ सय ९३ जना प्यालेस्टिनीको मृत्यु भइसककेो छ भने १०७४ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम