मुख्य समाचार
निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको
निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको

— प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्।



ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। भदौ २३ र २४ गतेको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै उनले सुशासन र निर्वाचन आफ्ना मुख्य एजेन्डा भएको बताइन् ।

उनले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अठोटका साथ अहोरात्र खटेर तयारीका काम धेरै अघि बढाइसकेको बताउँदै भनिन्, 'उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु।'

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालको अराजकताले ठाउँ पाउन नहुने बताउँदै शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताइन्। उनले भनिन्, 'खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौं ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले अनुमति नलिएका सवारी साधनका कारण नभई विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको कारबाहीका कारण विवाद उत्पन्न भएको ...
। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको तयारी थालेको छ । सोही क्रममा राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रम माग गरेको छ । आयोगले २६ मंसिरमा सूचना प्रकाशन गरी आगामी आवमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि प्रस्ताव सहित विवरण माघ मसान्तसम्म आफ्नो ...
रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासका कार्यक्रम सञ्चालन ग
प्रिमियर लिगका म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश
। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंला भोट हालेनन् । गुल्मीबाट प्रतिनिधि भएर आएका अर्यालले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम