मुख्य समाचार
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह

: भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो।




पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो। जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए।


जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए। त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे।




जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ। असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो। आयोगको म्याद यही पुस ९ गते सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले अनुमति नलिएका सवारी साधनका कारण नभई विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको कारबाहीका कारण विवाद उत्पन्न भएको ...
। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको तयारी थालेको छ । सोही क्रममा राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रम माग गरेको छ । आयोगले २६ मंसिरमा सूचना प्रकाशन गरी आगामी आवमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि प्रस्ताव सहित विवरण माघ मसान्तसम्म आफ्नो ...
रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासका कार्यक्रम सञ्चालन ग
प्रिमियर लिगका म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश
। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंला भोट हालेनन् । गुल्मीबाट प्रतिनिधि भएर आएका अर्यालले ...