मुख्य समाचार
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट्,सब इन्जिनियर गणेश राज उपाध्याय,लेखापाल हर्क देव जोशी,बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा,सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीको मिलेमतोमा गाउँपालिकालाई गैरकानुनी हानि नोक्सानी पुर्‍याएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।


अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार बित्थडचिर गाउँपालिका वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरेको,प्राविधिक रुपमा उक्त ठाउँको डीपीआर नगरी निर्माण गरेको,काम सम्पन्न नगरी रकम हिनामिना गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट्सहित ६ जनाको मिलेमतोमा १४ लाख ६६ हजार ५०३ रुपैयाँ हिनामिना गरेको खुल्न आएको अख्तियारको ठहर छ।

सोही रकम बराबर उनीहरूविरुद्ध जनही बिगो माग गरिएको छ। खेल मैदान निर्माणका नाममा झुट्टा नापी किताब,बिल, भराइ समेतका कागजात बनाइ /बनाउन लगाइ बढी तथा दोहोरो भुक्तानी लिएको उनीहरूमाथि आरोप छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले अनुमति नलिएका सवारी साधनका कारण नभई विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको कारबाहीका कारण विवाद उत्पन्न भएको ...
। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको तयारी थालेको छ । सोही क्रममा राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रम माग गरेको छ । आयोगले २६ मंसिरमा सूचना प्रकाशन गरी आगामी आवमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि प्रस्ताव सहित विवरण माघ मसान्तसम्म आफ्नो ...
रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासका कार्यक्रम सञ्चालन ग
प्रिमियर लिगका म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश
। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंला भोट हालेनन् । गुल्मीबाट प्रतिनिधि भएर आएका अर्यालले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम