मुख्य समाचार
बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गर्ने उपमेयर रिताकुमारी चौधरीका श्रीमान‍्सहित दुई जना पक्राउ
बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गर्ने उपमेयर रिताकुमारी चौधरीका श्रीमान‍्सहित दुई जना पक्राउ

— सप्तरीको सप्तकोशी नगरपालिका–७ ओदाहामा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गर्ने उपमेयर रिताकुमारी चौधरीका श्रीमान‍्सहित दुई जना पक्राउ परेका छन् ।



मंगलबार सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिका सेयरधनी सोही ठाउँका ५२ वर्षका सञ्जिवकुमार चौधरी र जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का ४७ वर्षका उमाकान्त चौधरी पक्राउ परेका हुन् । सञ्जिव उपमेयर रिताकुमारीका श्रीमान् हुन् ।

बैंकले दिएको जाहेरीअनुसार दुवै जनामाथि अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उधोग कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिन म्याद थप लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बताए । उनकाअनुसार घटनाका आरोपीहरु उपमेयर चौधरीसहित उनका छोरा सिरज, सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव, रवीन्द्र स्वर्णकार फरार छन् । ‘फरार आरोपीहरुको पनि खोजी कार्य भइरहेको छ’, उनले भने ।

गत बुधबार ऋणी (प्रालिका सेयरधनी)सँग संवाद गर्न बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक (कर्जा असुली प्रमुख) सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ पुगेका थिए । उनीहरुमाथि उपमेयर चौधरीसहितकाले मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।


२०७८ वैशाख २३ मा प्रालिले बैंकबाट लिएको ४ करोड ५० लाख रुपैयाँ ऋणको २०८१ चैत २८ पछि किस्ता नतिर्दा धितो लिलामी गर्न बैंकले मंसिर १९ मा ७ दिने अन्तिम सूचना निकालेको थियो । तर, सूचनाको म्याद नसकिँदै जग्गा विक्री गर्न बैंकले टिकटकमा विज्ञापन गरेपछि प्रालि र सेयरधनीको बदनामी भएको भन्दै उनीहरु आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सकिने चरणमा पुगिसके पनि सर्भिस प्रोभाइडर अर्थात् सेवा प्रदायक नछानिँदा अन्योल बढेको छ । सबैको चासो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्नेमा छ । नागढुंगा–सिस्नेखोला भएर ओहोरदोहोर गर्ने यात्रु र चालकको ध्यान पनि सधैंजसो सुरुङमार्गतर्फ नै सोझिन्छ । तर यसअघि अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भनिए पनि सेवा प्रदायक नछानिँदा त्यो ...
: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो। त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी ...
— राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत थिए । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभा ...
: बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे। अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको ...
: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ। आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी ...