मुख्य समाचार
मन्त्री जगदीश खरेलले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुनेमा कुनै शंका नपाल्न आग्रह
मन्त्री जगदीश खरेलले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुनेमा कुनै शंका नपाल्न आग्रह

— सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुनेमा कुनै शंका नपाल्न आग्रह गरेका छन् ।


सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय सबै कार्ययोजना बनाएर चुनावी तयारीमा लागिरहेको उनले उल्लेख गरेका छन् ।

निर्वाचन आयोग कार्यालयमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँगको अन्तर्क्रियामा मन्त्री खरेलले राजनीतिक दल पनि चुनावी तयारीमा जुटिसकेकाले निर्वाचन अब महोत्सवमा परिणत हुन लागेको बताए । ‘छोटो समयमा आयोगले महत्त्वपूर्ण तयारीहरू पूरा गरेको छ । सबै सरोकारवाला पक्षहरू निर्वाचनको महोत्सवमा समाहित हुँदै गएका छन् । यसले सकारात्मक माहोल निर्माण गरेको छ,’ उनले भने, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन लाखौं मतदातामा देखिएको उत्साहले जनता पनि चुनावका लागि तयार रहेको सन्देश दिइसकेको छ ।’ उनले निर्वाचनलाई आवश्यक राजनीतिक, कानुनी र प्राविधिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

राजनीतिक दलको सहभागिता बिनाको सरकार तथा संवैधानिक निकाय निर्वाचन आयोगले कसैको प्रभाव र दबाब बिना भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेमा ढुक्क हुन उनले आग्रहसमेत गरे । निर्वाचनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग आयोगलाई उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले निर्वाचन अत्यन्तै महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘पैसा नहुने मानिस उम्मेदवार नै नहुने, उम्मेदवार भए जित्नै नसक्ने स्थिति बनेको छ,’ आयोग पदाधिकारीलाई उनको आग्रह थियो, ‘यसलाई कसरी कडाइका साथ नियन्त्रण गर्न सकिन्छ । यसपटक गरौं । सरकारको साथ रहन्छ ।’ भ्रष्टाचारको मूल जड निर्वाचन महँगो हुनु पनि रहेको उनको भनाइ थियो । उनले यसपटकको निर्वाचनलाई एउटा मानकका रूपमा स्थापित गरेर जान सकिने गरिने आचार संहिताको पालनामा कडाइ गर्न आग्रह गरेका थिए । बढीभन्दा बढी मतदातालाई मतदान केन्द्रमा ल्याउन तथा मतदाता मैत्री मतदान केन्द्र निर्माणमा जोड दिन उनले आयोगको ध्यानाकर्षण गराए । मतदान केन्द्रमा मतदाताले प्रयोग गर्न मिल्ने गरी शौचालय, अपांगतामैत्री वातावरण लगायतका व्यवस्थापन गर्न उनले आयोगलाई आग्रह गरे ।


कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले राजनीतिक कार्यक्रम तथा प्रचार प्रसारमा बालबालिकाको प्रयोगमा रोक लगाउन, महिला मतदाताको सहभागिता बढाउन तथा महिलालाई निर्वाचनबाट नेतृत्वमा ल्याउने गरी आयोगले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन् । महिलाका लागि मतदाता शिक्षा कार्यक्रममा सहकार्य गर्नका लागि मन्त्रालय तयार रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सकिने चरणमा पुगिसके पनि सर्भिस प्रोभाइडर अर्थात् सेवा प्रदायक नछानिँदा अन्योल बढेको छ । सबैको चासो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्नेमा छ । नागढुंगा–सिस्नेखोला भएर ओहोरदोहोर गर्ने यात्रु र चालकको ध्यान पनि सधैंजसो सुरुङमार्गतर्फ नै सोझिन्छ । तर यसअघि अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भनिए पनि सेवा प्रदायक नछानिँदा त्यो ...
: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो। त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी ...
— राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत थिए । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभा ...
: बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे। अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको ...
: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ। आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी ...