मुख्य समाचार
समयमै अस्पताल पुग्न नसक्दा प्यूठानमा गर्भवतीको मृत्यु
समयमै अस्पताल पुग्न नसक्दा प्यूठानमा गर्भवतीको मृत्यु

: समयमै अस्पताल पुग्न नसक्दा प्यूठानमा गर्भवतीको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका-६ की ३३ वर्षीय आसा विकको मृत्यु भएको हो।

सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ। ‘स्वास्थ्य चौकीमा लग्यौं, त्यहाँबाट प्युठान अस्पताल लग्यौं, त्यहाँ पनि नहुने भएपछि बुटवल पुर्‍याएका थियौं’, आसाकी देउरानी रेखाले भनिन्, ‘लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा आमा र बच्चा दुवैको एक घण्टाअघि नै ज्यान गइसकेको अस्पतालले पुष्टि गर्‍यो।’


नियमित स्वास्थ्य जाँच र समयमै स्वास्थ्य चौकी पुर्‍याए पनि ज्यान गएको कारणबारे भने थाहा नभएको उनले बताइन्। मंसिर १६ गते जिल्ला अस्पताल पुगेर भिडियो एक्सरे गर्दा अवस्था सामान्य नै रहेको स्वास्थ्यकर्मीहरूले बताएको उनले बताइन्। आइतबार बिहान ९ बजे आसा स्वास्थ्य चौकी आइपुगेको लुङ स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द बहादुर केसीले बताए। ‘११ बजेदेखि व्यथा लाग्न सुरु भएको थियो, बच्चा र आमा दुवैको अवस्था निर्मल थियो’, उनले भने, ‘पाठेघरको मुख खुल्दै गए पनि दुखाई बढी भएको थियो। आमाले बल गर्न नसकेको र प्रेसर पनि बढ्न थालेपछि रिफर गर्‍यौं।’ एम्बुलेन्स आउन ढिलाई हुने भन्दै परिवारका सदस्यले स्थानीय सवारी जिपमा उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए।

समस्या जटिल देखिएपछि तत्कालै रिफर गरिएको प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुवास पौडेलले बताए। ‘जिल्ला अस्पतालमा आईसीयु नभएकाले अप्रेसन गर्ने अवस्था थिएन’, उनले भने, ‘सुरक्षित सुत्करी गराउनका लागि उपल्लो निकायमा रिफर गरेका हौं।’ लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि सोमबार बिहान अस्पतालले आमा र बच्चाको दुवैको गइरहेको बताएको थियो। आसाका तीन बच्चा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सकिने चरणमा पुगिसके पनि सर्भिस प्रोभाइडर अर्थात् सेवा प्रदायक नछानिँदा अन्योल बढेको छ । सबैको चासो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्नेमा छ । नागढुंगा–सिस्नेखोला भएर ओहोरदोहोर गर्ने यात्रु र चालकको ध्यान पनि सधैंजसो सुरुङमार्गतर्फ नै सोझिन्छ । तर यसअघि अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भनिए पनि सेवा प्रदायक नछानिँदा त्यो ...
: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो। त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी ...
— राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत थिए । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभा ...
: बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे। अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको ...
: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ। आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी ...