मुख्य समाचार
वीरगन्जबाट लागू औषध गाँजा तस्करीमा संलग्न एक युवकलाई ठूलो परिमाणमा गाँजासहित पक्राउ
वीरगन्जबाट लागू औषध गाँजा तस्करीमा संलग्न एक युवकलाई ठूलो परिमाणमा गाँजासहित पक्राउ

— पर्सा प्रहरीले वीरगन्जबाट लागू औषध गाँजा तस्करीमा संलग्न एक युवकलाई ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–१ का २८ वर्षीय सुवराज श्रेष्ठ रहेका छन् ।



श्रेष्ठले गाँजा तस्करीमा प्रयोग गरेको बा २१ च ७८५५ नम्बरको पिकअप भ्यानबाट १ सय ७६ किलो गाँजा प्रहरीले बरामद गरेको हो । पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी गाँजा र त्यसको तस्करीमा प्रयोग गरिएको सवारी साधन सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक अमृत बस्नेतले विशेष सूचनाका आधारमा प्रहरी चौकी सिर्सियाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको प्रहरी टोलीले सोमबार राति ८ बजे वीरगन्ज–१७ कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राबेल सडक खण्डमा उक्त पिकअपलाई रोकी चेकजाँच गर्दा गाडीको पछाडिपट्टि परालले लुकाइछिपाइ बोरामा राखिएको लागू औषध गाँजा फेला परेको बताए ।

१२ वटा पोकामा गरी कूल १ सय ७६ किलो गाँजा फेला परेको छ । श्रेष्ठलाई गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सकिने चरणमा पुगिसके पनि सर्भिस प्रोभाइडर अर्थात् सेवा प्रदायक नछानिँदा अन्योल बढेको छ । सबैको चासो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्नेमा छ । नागढुंगा–सिस्नेखोला भएर ओहोरदोहोर गर्ने यात्रु र चालकको ध्यान पनि सधैंजसो सुरुङमार्गतर्फ नै सोझिन्छ । तर यसअघि अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भनिए पनि सेवा प्रदायक नछानिँदा त्यो ...
: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो। त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी ...
— राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत थिए । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभा ...
: बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे। अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको ...
: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ। आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी ...