मुख्य समाचार
१५औं इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप पुस ३ देखि हुने
१५औं इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप पुस ३ देखि हुने

। इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराएका छन्।

आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो। सन् २००० मा सुरु भएको इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ। तेक्वान्दोमार्फत खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यो प्रतियोगिता अहिले अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइसकेको आयोजकले जनाएको छ।




२५ वर्ष पुगेको अवसरमा यसपटकको १५औं संस्करण अघिल्ला संस्करणभन्दा भव्य रूपमा आयोजना गरिनेछ। उक्त संस्करणको आयोजना गर्ने जिम्मेवारी पुनः नेपाललाई दिइएकोमा आयोजक संस्थाले खुशी व्यक्त गरेको छ। प्रतियोगिता पुस ३ देखि ५ (डिसेम्बर १८ देखि २० तारिख)सम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुनेछ।

आइओएफटिसीले प्रत्येक दुई वर्षमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ। हालसम्म अमेरिकाको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण तथा भारत, बेलायत, हङकङ, अमेरिकाको मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण सम्पन्न भइसकेका छन्। नेपालमा हुने यस संस्करणलाई अझ आकर्षक बनाउने लक्ष्य आयोजकले लिएको छ। प्रतियोगिताको अन्तिम दिन डिसेम्बर २० मा सांस्कृतिक महोत्सव पनि आयोजना गरिनेछ, जसमा नेपालको सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गरिनेछ।




प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत देशका खेलाडीको सहभागिता रहनेछ। करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्री प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको छ।

नेपालमा हुने यो प्रतियोगिता सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने १६ औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट प्रतियोगिता पनि हुनेछ। १६ औं संस्करणको आयोजना गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकिएको छ भने यसको मिति पछि तय गरिनेछ।

वर्ल्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने यस प्रतियोगितामा क्यारुगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा हुनेछ। सिनियर, जुनियर र क्याडेट तहमा पुरुष र महिलातर्फ विभिन्न तौल समूहमा खेल हुनेछ। पुम्सेतर्फ व्यक्तिगत, जोडी र टिम इभेन्ट समावेश गरिएका छन् भने बोर्ड ब्रेकिङ इभेन्ट पनि राखिएको छ। प्रतियोगितामा कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ। कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। प्रतियोगिता आइओएफटिसी–युएसए, नेप्लिज तेक्वान्दो एकेडेमी र कोटेश्वर तेक्वान्दो डोजाङको सहआयोजनामा हुनेछ। यसमा राष्ट्रिय खेलकुद परिषद्, युएनटिएफ, डाएडो र युएसए वर्ल्ड क्लास तेक्वान्दो हलिउडको सहयोग रहनेछ।

प्रतियोगिताको अवसरमा कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल आउनेछन्। प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनार पनि आयोजना गरिनेछ, जसको सञ्चालन प्रशिक्षक सिओले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम