मुख्य समाचार
१५औं इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप पुस ३ देखि हुने
१५औं इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप पुस ३ देखि हुने

। इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराएका छन्।

आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो। सन् २००० मा सुरु भएको इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ। तेक्वान्दोमार्फत खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यो प्रतियोगिता अहिले अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइसकेको आयोजकले जनाएको छ।




२५ वर्ष पुगेको अवसरमा यसपटकको १५औं संस्करण अघिल्ला संस्करणभन्दा भव्य रूपमा आयोजना गरिनेछ। उक्त संस्करणको आयोजना गर्ने जिम्मेवारी पुनः नेपाललाई दिइएकोमा आयोजक संस्थाले खुशी व्यक्त गरेको छ। प्रतियोगिता पुस ३ देखि ५ (डिसेम्बर १८ देखि २० तारिख)सम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुनेछ।

आइओएफटिसीले प्रत्येक दुई वर्षमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ। हालसम्म अमेरिकाको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण तथा भारत, बेलायत, हङकङ, अमेरिकाको मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण सम्पन्न भइसकेका छन्। नेपालमा हुने यस संस्करणलाई अझ आकर्षक बनाउने लक्ष्य आयोजकले लिएको छ। प्रतियोगिताको अन्तिम दिन डिसेम्बर २० मा सांस्कृतिक महोत्सव पनि आयोजना गरिनेछ, जसमा नेपालको सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गरिनेछ।




प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत देशका खेलाडीको सहभागिता रहनेछ। करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्री प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको छ।

नेपालमा हुने यो प्रतियोगिता सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने १६ औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट प्रतियोगिता पनि हुनेछ। १६ औं संस्करणको आयोजना गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकिएको छ भने यसको मिति पछि तय गरिनेछ।

वर्ल्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने यस प्रतियोगितामा क्यारुगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा हुनेछ। सिनियर, जुनियर र क्याडेट तहमा पुरुष र महिलातर्फ विभिन्न तौल समूहमा खेल हुनेछ। पुम्सेतर्फ व्यक्तिगत, जोडी र टिम इभेन्ट समावेश गरिएका छन् भने बोर्ड ब्रेकिङ इभेन्ट पनि राखिएको छ। प्रतियोगितामा कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ। कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। प्रतियोगिता आइओएफटिसी–युएसए, नेप्लिज तेक्वान्दो एकेडेमी र कोटेश्वर तेक्वान्दो डोजाङको सहआयोजनामा हुनेछ। यसमा राष्ट्रिय खेलकुद परिषद्, युएनटिएफ, डाएडो र युएसए वर्ल्ड क्लास तेक्वान्दो हलिउडको सहयोग रहनेछ।

प्रतियोगिताको अवसरमा कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल आउनेछन्। प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनार पनि आयोजना गरिनेछ, जसको सञ्चालन प्रशिक्षक सिओले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो । शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष ...
। नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ । ‘नेपाल मेडिकल ...
। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् । कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, ...
: त्रिशूली नदीमा फेला परेका तथा हालसम्म पहिचान हुन नसकेका शवका आंशिक अंग धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी हाइटको ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव तथा मानव अंगमध्ये पहिचान हुन नसकेका आंशिक अंगलाई भविष्यमा समेत आवश्यक परे पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...
: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए। शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र ...