मुख्य समाचार
कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताए
कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताए

। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्नेमा जोड दिए ।


‘हामीले संघीयता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघीयता एकदमै बोझिलो भयो त्यसकारण यसलाई हटाउनुपर्छ, त्यो समाधान होइन । संघीयतालाई छरितो बनाउने चाहिँ समाधान हो । संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनुपर्‍यो । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री र एउटा एउटा प्रशासनमन्त्री तीन जनाको मन्त्री मात्रै भए हुन्छ । यत्रो म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन,’ उनले भने ।

संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाइजेसन गर्नुपर्ने उनको भनाइ छ । उनले प्रदेशमा मुख्यमन्त्री, वित्तीयमन्त्री र प्रशासनमन्त्री भए हुने बताए ।

संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता रहेको उनले बताए । संघीयता छरितो बनाउनका लागि चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए ।

चालु खर्च कम गर्नका लागि सरकारी संरचनालाई डिजिटलाइजेसन गर्नुको विकल्प नभएको उनले बताए । प्रशासनिक संरचनालाई पूर्णरूपमा डिजिटलाइज गर्नसके नेपालको चालु खर्च दुई तिहाइ कटौती हुने उनको तर्क छ । उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए ।

उनले भने, ‘हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्णरूपमा डिजिटलाइज गर्‍यौँ भने नेपालको चालु खर्चको दुई तिहाइ कटौती हुन्छ । विकास, समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको छ । नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ । त्यसैले यसलाई क्रियसनमा कसरी प्रयोग गर्ने त्यसको कानुनी प्रष्टता जरुरी छ ।’

प्रविधिको प्रयोगलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न कानुनी स्पष्टता जरुरी रहेको उनको भनाइ छ । कानुन निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे ।

उनले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहे पनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताए । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानुन बनाउन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर ...
। काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन ...
। नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् । ‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरे । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क ...
। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।