मुख्य समाचार
कांग्रेस सोलुखुम्बुले प्रतिनिधि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ नामहरु सिफारिस
कांग्रेस सोलुखुम्बुले प्रतिनिधि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ नामहरु सिफारिस

। नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ नामहरु सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३, समानुपातिकतर्फ ८ र राष्ट्रिय सभा उम्मेदवारका लागि २ जनाको नाम सिफारिस गरिएको छ।

प्रतिनिसभा प्रत्यक्ष उम्मेदवारका लागि बल बहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य,नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेतीको नाम सिफारिस गरिएको छ।

प्रतिनिधिसभा समानुपातिक उम्मेदवारका लागि छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पुजा फुयाँल, दुर्गाप्रसाद दर्जीको नाम पठाइएको छ । राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस गरिएको छ।

पार्टी केन्द्रको निर्देशन र विधानभन्दा बाहिर रहेर नामहरु सिफारिस गरिएको छ । विधान अनुसार एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । पार्टी केन्द्रले विधानको त्यही धारा अन्तर्गत रहेर नामहरु पठाउन परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर ...
। काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन ...
। नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् । ‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरे । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क ...
। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।