मुख्य समाचार
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त

। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त भएका छन् ।

हर्षल जयन्त पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा कार्यरत थिए । भारतका पाठकलाई नेपाल क्रिकेट संघ ‍(क्यान)ले महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले काठमाडौँमा आईसीसी विमेन्स टी–२० ग्लोबल क्वालिफायर तयारी क्याम्पमा व्यस्त छ । यो क्याम्प अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म सञ्चालन हुने छ ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार, नयाँ प्रशिक्षकको अनुभव र विशेषज्ञताले टिमलाई आगामी प्रतियोगितामा बलियो प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा जेनोआलाई २–१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उपाधिको होडमा रहेका अन्य टिम जित्न असफल रहेपछि इन्टरलाई फाइदा पुगेको हो । एसी मिलान ससुलोको हातबाट २–२ को बराबरीमा रोकियो भने डिफेन्डिङ च्याम्पियन नेपोली युडिनेजीसँग १–० ले पराजित रह्यो । इन्टरको ३३ अंक भएको छ । ...
। नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । राजशाहीले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् । सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट ...
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा ...
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...