मुख्य समाचार
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा रहेका ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् ।

स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले आफू महासचिव बाहेकको पदमा उम्मेदवारी नदिने अडान लिएका थिए । यद्यपि प्यानल बन्ने बेलामा उनलाई उपाध्यक्षको लिस्टमा राखियो ।

जसमा उनले सहमति जनाएनन् । आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि पुन: मनोनयनका लागि पुगेका थिए । उनी त्यहाँबाट चित्त दुखाएर रुँदै फर्किएका छन् ।

उनले केन्द्रीय कमिटी सदस्यका लागि मनोनयन गर्दा गराएको उनीनिकट स्रोतले अनलाइनखबरलाई बताएको छ । ज्ञवालीले आफू निकटस्थहरूसँग एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका छन् ।

‘म एमालेको पदाधिकारी थिएँ । अब कार्यकर्ता रहन्छु । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुन्छ भन्ने थियो,’ निकटस्थहरूसँग ज्ञवालीले भनेका छन्, ‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ ।’

उनले आफू पार्टी आन्दोलनमै रहेको पनि बताएका छन् ।

‘म पार्टी आन्दोलनमै छु । केन्द्रीय सदस्यबाहेक मेरो उम्मेदवारी अन्त रहेन,’ ज्ञवालीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर ...
। काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन ...
। नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् । ‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरे । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क ...
। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।