मुख्य समाचार
नेपाल समुद्र पार निकासी पैठारी संघ र भन्सार विभागका उच्च अधिकारीबीच छलफल
नेपाल समुद्र पार निकासी पैठारी संघ र भन्सार विभागका उच्च अधिकारीबीच छलफल

। नेपाल समुद्र पार निकासी पैठारी संघ र भन्सार विभागका उच्च अधिकारीबीच छलफल भएको छ । विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र उपमहानिर्देशक भरतमणि पाण्डे सहभागी कार्यक्रममा संघका पदाधिकारी र सदस्य सहभागी थिए ।

सो अवसरमा संघका अध्यक्ष शिवकुमार अग्रवालले भन्सार विभागको उच्च नेतृत्वलाई आयात–निर्यात, व्यापार क्षेत्रका तत्कालीन चासोका विषय जानकारी गराएका थिए । संघका महासचिव जयन्तकुमार अग्रवालले संघले सदस्य व्यवसायीहरूबाट प्राप्त सुझाव तथा संघको अध्ययनका आधारमा तयार पारेको आयात निर्यात व्यापार क्षेत्रका चासोका विषय राखेका थिए ।


सो क्रममा उनले नेपाल र भारतको कर र महशुल संरचनाले वैधानिक व्यापारमा पर्ने प्रभाव, वस्तु वर्गीकरणका समस्या, अधिकतम खुद्रा मूल्यमा निश्चित प्रतिशत घटाएर मूल्यांकन गर्ने परिपाटीका कमजोरी लगायत विषय उठाएका थिए ।

उनले पूर्वादेशलाई व्यवहारिक बनाउन र ठूला सामानको हकमा क्याटलगबाटै पूर्वादेश दिनुपर्ने बताए । आयात गर्ने क्रममा ड्यामेज, कमी र चुहावट जनाई आएकोमा भन्सार महशुल छुट दिने र भन्सार क्षेत्रमा भएको टुटफुट आदिमा टुटफुटको प्रमाणपत्र जारी गर्ने व्यवस्था हुनुपर्ने माग गरे ।




राजस्वमा फरक नपर्ने स्थितिमा भुलबस लेबलिङ, इन्भ्वाइस वा उत्पत्तिको प्रमाणपत्रमा फरक परेको अवस्थामा भारी जरिबाना गर्ने प्रावधानमा पुनर्विचार गर्नुपर्ने र भन्सार ऐनमा रहेको उच्च जरिबानासम्बन्धी प्रावधान खुकुलो बनाउनुपर्ने संघको माग छ ।

आयातका क्रममा टुटफुट वा ड्यामेज भई आएका वस्तु फिर्ता गर्ने अवधि कम्तीमा १८० दिन कायम गर्न र मेसिन औजारका पार्टपूर्जाको हकमा तेस्रो देशमा बनेको भए पनि भारतबाट आयात गर्न पाउने व्यवस्था गर्न संघले माग गरेको छ ।

आयातित वस्तु जाँचपास गराउँदा बैंकले ३ प्रतिशत रकम होल्ड गर्ने व्यवस्था हटाउनुपर्नेमा संघले जोड दिएको छ । वर्षौंपछि भन्सारको मिसम्याच खोज्ने परिपाटीले व्यवसायीलाई निकै अप्ठेरो परेको भन्दै भन्सार अधिकारीको ध्यानाकर्षण गराइएको छ ।

सो अवसरमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासन व्यापार सहजीकरणलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको उल्लेख गर्दै ट्रस्टेड ट्रेडर्सको अवधारणामा काम गर्न व्यवसायीलाई सुझाव दिए ।

चोरी पैठारी नियन्त्रण र व्यापार सहजीकरणमा निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने पनि उनले बताए । ‘नयाँ ऐनमा व्यापार सहजीकरणका थुप्रै प्रावधान छन् । तपाईंहरू (निजी क्षेत्र)सँग सहकार्य गरेरै अघि बढ्छौं । साथमा साथ मिलाएर जान तयार छौं,’ महानिर्देशक भण्डारीले भने । विभागका उपमहानिर्देशक भरतमणि पाण्डेले विभाग पारदर्शी प्रणालीमा गइरहेको भन्दै स्वविवेकीय अधिकार क्रमशः हटाउँदै लगिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सह्य नहुने चेतावनी दिएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने बताए । ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन ...
। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले जम्मा गरेको पैसाबाट वैदेशिक रोजगार बोर्ड सञ्चालनमा छ । बोर्डले श्रमिकको पैसालाई श्रमिकको राहत, उद्धार तथा स्वास्थ्योपचारका कार्यक्रममा बढाउँदै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सचेता फैलाउने काम समेत बोर्डकै हो । विदेश जाने श्रमिक नठगिउन्, समस्यामा नपरुन्, समस्यामा परेको खण्डमा तत्काल उद्धार गर्न सकियोस् भन्ने परिकल्पना सहित बोर्ड स्थापना ...
। नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या उल्लेख नगरी नयाँ क्रियाशील सदस्यता फारम पठाएपछि विवाद सिर्जना भएको छ । समितिले नयाँ क्रियाशील सदस्यताका लागि पछिल्लो लट (जेनजी आन्दोलनपछि) मा पठाएका फारमहरूमा क्रम संख्या उल्लेख नगरेपछि कांग्रेसमा विवाद भएको हो । महामन्त्री गगन थापा संयोजकत्वको समितिले अघिल्लो लट (जेनजी आन्दोलनअघि) मा क्रम संख्यासहित नयाँ क्रियाशील सदस्यता ...
। सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
। प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छिन् । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ...