। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् ।
रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् ।
कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन आवत–जावत पूर्णरुपमा बन्द गरेका गरिएको थियो । सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापले बन्द गरेपछि आजसम्म सो खोलेको छैन।
सीमानाका बन्द हुँदा सिमावर्ती गाउँका स्थानीय बासिन्दा घरायसी सामान किनमेल गर्न सीमापारी जान नपाएको गुनासो छ ।
एकवर्ष अघि पनि त्यहाँ स्थानीय अनसन बसेका थिए । सम्बन्धित निकायबाट आश्वासन पाएपछि तोडिएको थियो । तर हालसम्म कार्यान्वयन नगरेपछि खाप छोटी भन्सारको प्रांग्रणमा तजमुल हक आमरण अनसन बसेका हुन् ।