। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले एमाले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति मुक्त गर्न सुझाव दिएका छन् ।
एमालेको ११औं महाधिवेशनका सन्दर्भमा भीम रावलले प्रतिनिधिहरूलाई यो पार्टी संगठनलाई जनताको हितमा उपयोगी बनाउने अवसर भएकोले गलत प्रवृत्तिको अन्त्य गर्न सुझाव दिएका हुन् ।
१०औं महाधिवेशनलाई सम्झिंदै उनले लेखेका छन्, ‘अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति सही रहेछ भन्ने स्पष्ट भएको छ । अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन् । अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ ।’
उनले अघिल्लो महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको केपी शर्मा ओलीले अवरुद्ध गरेको आरोपसमेत लगाएका छन् ।
आज एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । यसपटक केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।