। कैलाली प्रहरीले चलाएको सर्च एण्ड स्वीप अपरेसन अन्तरगत पछिल्लो एक महिनामा ३४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतबाट समेत गरेर मंसिरमा फरार प्रतिवादीलाई पक्राउ गरेर कारबाहीको दायरमा ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको बताए । उनकाअनुसार सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालयको टोलीले २०४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय टीकापुरले ३३ जना, इप्रका मालाखेतीले ३० जना, इप्रका भजनीले २७ जना, लम्कीले २१ जना प्रतिवादी पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडले १६ जना, इप्रका सडकपुरले ८ जना र इप्रका चिसापानीले तीन जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक बिष्टले बताए ।
उनीहरु सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ । कैलालीमा प्रहरीले सर्च एण्ड स्वीप अपरेसन चलाएर अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियान तीव्र बनाएको छ ।