मुख्य समाचार
सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेको घोषणा
सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेको घोषणा

। नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेको घोषणा गरेका छन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले आफू ओलीको व्यवारिक पक्षबाट अत्यन्तै पीडित भएको घोषणा समेत गरे ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उनले आफ्नो उम्मेदवारी दर्ता गराइरहेको टेलिफोन सम्पर्कका क्रममा उनले जानकारी गराए ।

‘समयकाल परिस्थित अनुसार पार्टीको अहिलेको सन्दर्भमा आवश्यकता अनुसार मैले आफूलाई धेरै ठूलो पनि भनिनँ, सचिवमा चाहीँ जानुपर्छ भन्ने मेरो माग थियो,’ श्रेष्ठले भने, ‘मलाई उपाध्यक्षमा पनि प्रस्ताव आएको थियो । म उपाध्यक्षमा चाहीँ तयार भइनँ । सचिवमा आफूलाई अहिलेलाई यो पालि उपयुक्त छ भनेर अघि सारेँ । सचिवको नोमिनेशनका लागि नाम दर्ताका लागि लाइनमा बसिरहेको छु ।’

उनले आफू पार्टीको चौथो महाधिवेशनदेखि निरन्तर लागिरहेको भन्दै त्यतिबेला पनि सचिवमा उठ्छु भन्दा नाम काटिएको गुनासो समेत गरे ।

‘अहिलेको सान्दर्भिकतालाई हेरेर, पार्टीमा चौथो महाधिवेशनदेखि निरन्तर लागिरहेको छु । अहिलेसम्म यो त्यो भनेको छैन । नवौं महाधिवेशनमा नै मैले सचिवमा उठ्नुपर्छ भनेर अध्यक्षज्यूले प्रस्ताव गर्नुभएको थियो । त्यो बेलामा पनि मेरो नाम काटियो । दशौं महाधिवेशन पनि त्यस्तै त्यस्तै भयो,’ उनले भने ।

मदन भण्डारीको विचार अघि बढेको पार्टीमा विद्या भण्डारी समेत नअटेको भन्दै उनले गुनासो गरे ।

‘त्यो ठाउँमा पुर्‍याउनका लागि भूमिका खेल्नेहरूले यसबारे बुझ्दा हुन्छ । म भन्दा धेरै नजिक त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो,’ उनले भने, ‘मदन भण्डारीको विचारले विकास भएको नेकपा एमालेभित्र विद्या भण्डारी अटेन । यो भन्दा अपराध र क्रुरता के हुन्छ ? उहाँजस्तै म पनि थिएँ । तर म पनि अट्न सकिनँ । उहाँको व्यवहारिक पक्षबाट अत्यन्तै पीडित भएँ ।’

अहिले कुनै पनि व्यक्तिलाई भगवान मान्ने कुरा नभएको उनको भनाइ थियो ।

‘अहिले कुनै व्यक्तिलाई भगवान मान्ने कुरा छैन । पार्टी भनेको सामुदायिक पहलबाट अघि बढ्ने हो,’ उनले भने । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि बचाउमा उनी अरो रुपमा प्रस्तुत भएका थिए ।

त्यतिबेला उनी शिक्षामन्त्री समेत थिए ।

ओलीको प्रतिरक्षामा त्यतबेला उनले दिएको एउटा प्रसंग निकै चर्चामा थियो । उनले भनेका थिए, ‘कोही माइकललाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने ? यो दुनियामा कोही माइकललाल जन्मेको छैन । केपी ओली इज् केपी ओली । फुटबलको पेलेजस्तै हो ।’

तर उनै श्रेष्ठ एमालेको ११ औँ महाधिवेशनमा आइपुग्दा ओलीको कित्ता छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन । गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौंमा अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका थिए । सिफारिस भएको एक सातापछि उनीहरूले डीआईजीको दर्ज्यानी चिह्न प्राप्त गरे । त्यसपछि १ ...
। रुखबाट लडेर मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ । स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ । उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा ...
। चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा ...
। नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए । तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो । उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ । शेर्पालाई केपी शर्मा ओली ...