मुख्य समाचार
एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताए
एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताए

। नेकपा एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताएका छन् । उनले बाँचुन्जेल कार्यकारी पदमा रहिरहने मान्यता त्याग्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव समेत दिए ।

पार्टीको एघारौं महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, बाँचुन्जेल कार्यकारी पदमा बस्नु हुन्न लोकतन्त्र कमजोर हुन्छ ।

उनले अगाडि भने, ‘अध्यक्ष ओली मात्रै होइन, नेपालका सबै राजनीतिक पार्टीहरुलाई, नेताहरुलाई तपाईंहरु बाचुन्जेल कार्यकारी पदमै बसिरहने मान्यताबाट पछि हट्नुस् । यसो गर्नु हुन्न । यसले लोकतन्त्र कमजोर हुन्छ, पार्टी कमजोर हुन्छ ।’

उनले पार्टीमा युवा पुस्तालाई ल्याउनुपर्ने धारणा राखे ।

‘नयाँ जेनेरसनलाई ल्याउनुपर्छ । अबको युग नयाँको हो । हामीले युवाहरुलाई पार्टीमा भर्नुपर्यो, अगाडि बढाउनुपर्यो । हामीले छोड्दै गएपछि नयाँ आउँछ,’ ज्ञवालीले भने, ‘हामीले छोड्दै नछोडेपछि नयाँ कसरी आउँछ ?’

उनले अहिले आफूहरुले भनेजस्तो नभए आगामी महाधिवेशनमा लागु गर्नुपर्ने बताए । ‘अहिले हामीले भनेको जस्तो लागु भएन भने बाह्रौंमा लागु गर्नुपर्छ, तेह्रौंमा लागु गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘जीवन भनेको अनन्त रूपमा चलिरहने कुरा हो ।’

एमालेका निवर्तमान उपाध्यक्ष ज्ञवालीले आफू ७० वर्ष पुगिसकेको भन्दै अब पार्टी चुनाव नलड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले अनलाइनखबरसँग बताए । थापाले भने,‘पार्टीको महाधिवेशन आएको छ । चुनावको मिति घोषणा भएको छ । सक्रिय राजनीतिमा गर्न पदबाट राजीनामा दिएको हुँ ।’ कांग्रेसले यही पुसको २६ देखि २८ गतेसम्म १५ औं ...
। मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धन बैठकले योजनाहरूमा विगतका जस्तो हुने बेथिति निरुत्साहित गर्न योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए । उपभोक्ता समितिबाट काम गराउँदा योजना खरिद बिक्री हुने लगायतका बेथितिहरूलाई मधेशमा बढ्दै गएको छ । यसले प्रदेश सरकारको ...
। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेतृत्व चयनका लागि हुने मतदान ५ बजेसम्म हुनुपर्ने भए पनि ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन्
। नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ नामहरु सिफारिस गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३, समानुपातिकतर्फ ८ र राष्ट्रिय सभा उम्मेदवारका लागि २ जनाको नाम सिफारिस गरिएको छ। प्रतिनिसभा प्रत्यक्ष उम्मेदवारका लागि बल बहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य,नवीन ...
। नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यससँगै उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये शेर्पा र गिरीको उम्मेदवारी खारेज भएको जानकारी दिए । उनका अनुसार ११ ...