मुख्य समाचार
नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने
नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने

— नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने भएको छ । यससम्बन्धी एमओयूमा चिनियाँ र नेपाली पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो ।



छिमेकी सिचुवान प्रान्तबाट नेपाली महावाणिज्य दूतावासका कर्मचारी, नेपाल पर्यटन बोर्ड र छोङछिङ नगरपालिका, यु चोङ जिल्लाका कर्मचारीहरूलगायतको उपस्थितिमा नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई र छोङछिङ इन्टरनेसनल कम्युनिकेसन एन्ड कोअपरेसन अलाइन्स (आईसीसीए) प्रतिनिधि च्या युबीच हस्ताक्षर भएको हो ।

परिषद्का अध्यक्ष भट्टराईका अनुसार आगामी जनवरीमा चिनियाँ टोली नेपालमा गएर नेपाली उत्पादन संकलन गर्ने र तत्स्थानमा लगेर प्रवर्द्धन गर्ने योजना छ । हिमालय एयरलाइन्सको हवाई उडानबाट सिधा जोडिएको छोङछिङमा खोलिएको पेभेलियनमा नेपालसम्बन्धी झल्को दिने कलावस्तुहरू राखिनेछ ।

सिचुवान प्रान्तीय छङ्तुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतले चिनियाँहरूलाई नेपाली उत्पादनबारे खासै जानकारी नभएकाले पर्यटन तथा निर्यातमा टेवा पुर्‍याउन यस्ता पेभेलियनले सघाउने विश्वास व्यक्त गरे । उनले भने, आपसी सहकार्य बढाउनका लागि चीनले यस्तो प्रस्ताव ल्याएको हो । व्यापार हुँदै जनस्तरीय सम्बन्ध पनि विकास हुने भएकाले चीनले यसलाई प्रोत्साहन पनि गर्दै आएको छ ।

चिनियाँ पिपुल्स डेली अनलाइनका अनुसार चीन-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव र नेपाली राष्ट्रिय मण्डपको सुरुवात छोङछिङ नगरपालिकाको युचोङ जिल्लामा गरिएको हो । यसबाट दुवै पक्षबीच अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा सहयोगका नयाँ अध्याय थपेको अनलाइनले लेखेको छ ।

चिनियाँ निजी आयातकर्ताले नेपाली सामानहरू ल्याउने र प्रदर्शन गर्ने जिम्मा लिएको भन्दै महावाणिज्यदूत राउतले नेपाली उत्पादनलाई चिनियाँ उपभोक्तामाझ प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको बताए । सन् २०२१ मा नेपाली महावाणिज्यदूतावास खोलेदेखि नै यो अभियान चलाएको उनले सुनाए ।

युचोङ जिल्ला समितिका स्थायी समिति सदस्य तथा जिल्ला उपमेयर तङ क्वाङहुआईले युचोङमा नेपाल राष्ट्रिय मण्डपको आधिकारिक अनावरण चीन र नेपालबीचको मित्रताको प्रतीक मात्र नभई दुई पक्षबीचको सहयोग संस्थागतमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले भने, ‘नेपाल मण्डपले नेपालको संस्कृति, पर्यटन र विशिष्ट उत्पादनहरू प्रदर्शन गर्न महत्त्वपूर्ण झ्यालको रूपमा काम गर्नेछ ।


छोङछिङ र नेपालसँग दक्षिणपश्चिम चीनबीच आदानप्रदान र सहयोगको लागि नियमित पुल पनि निर्माण गर्नेछ । नेपाल र अन्य देशका साथीहरूलाई लगानी गर्न र व्यवसाय सुरु गर्न, विचार आदानप्रदान गर्न, एकअर्काबाट सिक्न र व्यावहारिक सहयोगमा संलग्न हुन, स्रोत पूरकता, औद्योगिक अन्तरक्रिया र दुई क्षेत्रहरूबीच जनता-जनता सम्पर्कलाई अझ प्रवर्द्धन गर्न समर्थन गर्ने छ।’

हालसम्म चीनका छङ्तु, खुनमिङ, छिङताउ लगायत विभिन्न स्थानमा नेपाली पेभेलियन खोलिएका छन् । नेपाली महावाणिज्य दूतावास रहेको सिचुवान प्रान्तमा ४ वटा नेपाली पेभेलियन छन् । विश्वका विभिन्न देशका महावाणिज्यदूतावास रहेको स्थानमा आआफ्नै शैलीका पेभेलियन राखिएका महावाणिज्यदूत राउतको भनाइ छ ।

नेपालको निर्यात बढाउन, पर्यटन विस्तार गर्न र चिनियाँ उपभोक्तालाई नेपाली वस्तुबारे जानकारी दिन यस्ता पेभेलियनले सहयोग गरेको नेपाली व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौं घोषणापत्र–२०८३ जारी गरेको छ । महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले शनिबार २३ बुँदे काठमाडौं घोषणा जारी गरेको हो । घोषणापत्रमा आदिवासी जनजातिको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी कांग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ । महासंघले राज्यका सबै तहमा ...
। मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान थुनामुक्त भएका छन् । बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह त्यहाँको अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन् । दुवैजना आजै रिहा भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । ‘आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ’, उनले भने, ‘बुबाहरूलाई त्यहाँको ...
। संखुवासभाको मकालु गाउँपालिका –५ पाकपोकमा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी तीन दिनपछि मृत भेटिएका छन् । मकालु गाउँपालिका –५ पाकपोकमा सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ बर्षिया स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब ८० मिटर तल खोचभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ...
। जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गिरीलाई पक्राउ परेको मितिदेखि लागु हुनेगरी चार दिनको म्याद थप भएको हो । गिरी गत असार ...
। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा ...