— शंकर पोखरेलले केपी शर्मा ओलीको प्यानलबाट एमाले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ओलीसँगै उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी २०७८ मा सौराहामा आयोजित पार्टीको १०औं महाधिवेशनमा महासचिवमा निर्वाचित भएका थिए । ओलीले पुन: उनलाई महासचिवका रूपमा उठाएका हुन् ।
ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर दुवै जनालाई ओलीले उपाध्यक्षमा 'एडजस्ट' गर्न खोजेका हुन् ।