: नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा,पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
बैठकले यही मङ्सिर २९ पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय,प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेसले जनाएको छ।
यसैगरी बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा उनको गृह जिल्ला मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
उपाध्यायको आइतबार ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।