मुख्य समाचार
सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील
सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील

: राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील गरेका छन्।


३१ औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेका विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी निर्वाचनलाई सफल पारेर सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील गरेका हुन्।


मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएको उनले बताए । राष्ट्रपति पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान पनि गरे।

त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको उनको भनाइ छ । उनले राजनीति पेसा, व्यवसाय नभइ समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भावसबैमा जागृत हुन जरुरी रहेकोमा जोड दिए । काठमाडौं महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको बताए।

उनले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङघ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...