: नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दिने भएका छन्। यसअघि ओलीको प्यानलबाट सचिवमा नाम आएपछि असन्तुष्टि व्यक्त गरेका भट्टले उपमहासचिवमा उम्मेदवारी दिने भएका हुन्।
लेखराज भट्टले सचिवमा दोहरिन नमानेपछि ओली पक्षले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिवमा प्रस्तावित गरेको हो।
माओवादीबाट आएका भट्ट दशौं महाधिवेशनमा सचिव भएका थिए।